वैशाख ३१, काठमाडौं । डडेलधुराको गन्यापधुरा गाउँपालिका र गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यो संगै कांग्रेसले ५ ओटा स्थानीय तहमा जित हात पारेको छ ।
नेकपा एमालेले ६ ओटा स्थानीय तहमा जित हात पारेको छ । तर गठबन्धनलाई एकातिर राख्दा भने एमाले पछि परेको छ ।
गठबन्धनबाट अहिलेसम्म ८ ओटा स्थानीय तहमा जित हात पारेका छन् । कांग्रेस ५, एकिकृत समाजवादी २ र माओवादी केन्द्रले १ स्थानीय तहमा जित हात पारेका छन् ।
को कहाँ विजयी ?
नेकपा एमाले विजयी भएका पालिकाहरु
मनाङ ङिस्याङ गाउँपालिका (मनाङ) : कान्छा घले
चामे गाउँपालिका (मनाङ) : लोकेन्द्रबहादुर घले
घेकर दामोदरकुण्ड गाउँपालिका (मुस्ताङ) : लोप्साङ छोम्पेल विष्ट
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (मुस्ताङ) : रिङजिन नामगेल गुरुङ
लोमान्थाङ गाउँपालिका (मुस्ताङ) : टसी न्वर्वु गुरुङ
से फोक्सुण्डो गाउँपालिका (डोल्पा) : धावा सम्डुङ गुरुङ
नेपाली कांग्रेस विजयी भएका पालिकाहरु
नार्पा भूमी गाँउपालिका (मनाङ) : कोन्जो तेन्जीङ लामा विजयी
नासोँ गाउँपालिका (मनाङ) : धनबहादुर गुरुङ
घरपोझङ गाउँपालिका (मुस्ताङ) : मोहनसिंह लालचन
गन्यापधुरा गाउँपालिका (डडेलधुरा) : इन्द्रबहादुर कार्की
रेसुङ्गा नगरपालिका (गुल्मी) : खिलध्वज पन्थी
नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका
छार्का साङतोङ गाउँपालिका (डोल्पा) : सेनाङ गुरुङ
काइके गाउँपालिका (डोल्पा) : अंगदकुमार राना
नेकपा माओवादी केन्द्र
जगदुल्ला गाउँपालिका (डोल्पा) : नारसिङ रोकाया