कास्कीको रुपा गाउँपालिकामा नेकपामा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका हुन् । अध्यक्षमा एमालेका नबराज ओझाले ५७४९ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका गीमाया गुरुङले ४१३७ मत ल्याइन् ।यस्तै उपाध्यक्षमा लाल सुबा गुरुङले ५३३२ मत ल्याएर विजयी हुँदा काँग्रेसका नारायण श्रेष्ठ ४१५३ ले पराजित भएका छन् । यस्तै एमालेले वडा नम्बर २,३,४,५,६ र ७ मा प्यानलसहित विजयी भएको छ ।