सर्लाहीको कौडेना गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा काँग्रेसका रूपेश कुमार विजयी ५ हजार २ सय ८१ मतले विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी जसपाका राज नन्दन प्रसादले २ हजार ४ सय ४१ मत मात्र प्राप्त गरेका थिए । यस्तै उपाध्यक्षमा काँग्रेसकी नगिना देवी विजयी भएकी छन् । नगिना देवीले ४ हजार ९ सय ६३ मत प्राप्त गरिन् ।