बैतडी : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बैतडी अध्यक्षमा पुनः सुरेन्द्र पाल चयन भएका छन्।पाटनमा सम्पन्न आठौं जिल्ला अधिवेशनले पाललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।अध्यक्षमा दाबी गरिरहेका गोरखबहादुर चन्दले सहमति गरेपछि पाललाई अध्यक्ष घोषणा गरिएको एमाले बैतडीले जनाएको छ।नवनिर्वाचित अध्यक्ष पालको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो। उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की, उपसचिवमा लोकेन्द्र भण्डारी र सरस्वती नेपाली रहेका छन्।गत शुक्रबार उद्घाटन गरिएको आठौं जिल्ला अधिवेशनपश्चा