बैतडीमा कात्तिक १५ मा एमाले स्थानीय तह अधिवेशन

बैतडी : नेपाल (एमाले)को १० औँ महाधिवेशन अन्तर्गत बैतडीमा स्थानीय तह अधिवेशन कात्तिक १५ गते हुने भएको छ। कात्तिक पहिलो साताको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएकाले प्रदेश कमिटिले वडा र स्थानीय तह अधिवेशनको कार्यतालिका सारेकव थियो।अहिले वडा अधिवेशन भइरहेको र स्थानीय तह अधिवेशन कात्तिक १५ गते हुने एमाले बैतडी सचिव तथा प्रदेश सभा सदस्य लिलाधर भट्टले जानकारी दिए। कात्तिक १२ गतेसम्म सबै वडा अधिवेशन सक्ने गरी कार्यतालिका बनाइएको र सोही अनुसार अधिवेशन भइरहेको छ।कात्तिक १५ मा स

सम्बन्धित सामग्री

माघभित्र जिल्ला र पालिका अधिवेशन गर्न एमालेको निर्देशन

नेकपा (एमाले)ले पार्टीका जिल्ला तथा पालिका तहका अधिवेशन आगामी माघ मसान्तभित्र सम्पन्न गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ । एमालेको केन्द्रीय सङ्गठन विभागको गत असोज ३० गते बसेको बैठकले प्रदेश कमिटीका अधिवेशन निर्धारित समयमा सम्पन्न भइसकेका हुँदा जिल्ला, स्थानीय तह र वडा तहका कमिटीका अधिवेशन सम्बन्धमा निर्णय लिएको हो । बैठकले फागुन र चैतमा पार्टी …

ओलीको प्रतिवेदन– एमाले प्रदेश अधिवेशन स्थानीय तह निर्वाचनपछि

काठमाडौं । नेकपा (एमाले)को बाँकी रहेका प्रदेश अधिवेशन स्थानीय तह निर्वाचनपछि गरिने भएको छ । पार्टीको काठमाडौंमा जारी केन्द्रीय कमिटीको तेस्रो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै स्थानीय तह निर्वाचनकेन्द्रित हुनुपर्ने भएकाले प्रदेश अधिवेशन स्थगन गर्नुपरेको बताए । “निर्वाचनपछि आयोजना गर्ने गरी पूर्वनिर्धारित प्रदेश अधिवेशन केन्द्रीय सचिवालयबाट स्थगन गरिएको...

एमाले चितवनको अध्यक्षमा चार जनाको दावी

नेकपा एमाले चितवनको १०औं जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । २३ र २४ पुसमा हुने अधिवेशनबाट नयाँ जिल्ला कमिटी बन्नेछ । एमाले चितवनको अधिवेशनको उद्घाटनसत्र तारापुञ्ज रिसोर्ट र बन्दसत्र पार्टी कार्यालयमा हुँदै छ ।अधिवेशनका लागि जिल्लाका सात स्थानीय तह र पेसागत संगठनहरूबाट एक हजार ६०० प्रतिनिधि छनोट भएर आएका छन् । यसअघि एमालेको गाउँ/नगर कमिटी र वडा कमिटी सर्वसम्मतबाट चयन भइसकेको छ ।एमाले चितवनको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षको लागि चार जनाले आकांक्षा देख

सात स्थानीय तह र ७७ वडामा अधिवेशन सम्पन्न

जाजकोट– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जाजरकोटले सात वटै स्थानीय तह र ७७ वटै वडामा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट पालिका र वडा अध्यक्षहरु सर्वसहमत चयन गर्नुको साथै पालिका र वडा कमिटीहरु पनि सर्वसम्मत गठन गरिएको छ । पार्टी केन्द्रको नीति तथा कार्यक्रम अनुसार जिल्लाका सात वटै पालिका र ७७ वटै वडा अधिवेशन सम्पन्न गरिएको […]

एमाले पालिका अधिवेशन : मकवानपुरको २ वटामा सम्पन्न, ८ पालिकामा आज हुँदै

मकवानपुरमा शनिबार नेकपा एमालेको पालिका अधिवेशन हुँदैछ। कात्तिक ९ गतेका लागि तोकिएको एमाले मकवानपुरको पालिका अधिवेशन आन्तरिक व्यवस्थापकीय तयारी नपुगेकाले भन्दै आजसम्मका लागि सरिएको थियो ।जिल्लामा कात्तिक ९ गते नै उद्योगी व्यवसायीहरूको संगठन उद्योग वाणिज्य संघको निर्वाचनको कार्यक्रम रहेकोले अधिकांश पालिकाका सदस्यहरू सो निर्वाचन प्रक्रियामा भाग लिन भएकाले पनि अधिवेशन आजसम्मलाई सारिएको थियो ।जिल्लाका १० वटै स्थानीय तह मध्ये २ वटा पालिकामा भने अधिवेशन सम्पन्न भइसकेका छन् । शुक्रबार कैलाश र बिहीबार रा

नेकपा एमालेको अधिवेशन : सुर्खेतका ९७ वडामा सकियो

सुर्खेत : सुर्खेतका ९७ वटा वडामा नेकपा एमालेको अधिवेशन सकिएको छ।९ स्थानीय तह र ९९ वटा वडा रहेको सुर्खेत जिल्लाको दुई वटा वडामा भने अधिवेशन हुन बाँकी छ। एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले जिल्लाका ९७ वटा वडामा अधिवेशन सकिएको जानकारी दिए। उनका अनुसार एमालेका हाल अधिवेशन भएका सबै वडाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएका छन्।  एउटा वडामा १२ गते र सिम्ता गाउँपालिकाको एक वडामा १३ गते हुने अध्यक्ष शाहीले थाहाखबरलाई बताए।यस्तो छ ९ स्थानीय तहको वडा अधिवेशनएमाले  वडा अधिवेशनअन

एमाले अधिवेशन : खोटाङका १० वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन

खोटाङ : नेकपा (एमाले) स्थानीय तह स्तरीय अधिवेशनअन्तर्गत खोटाङका दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ। दुई नगरपालिका र आठ गाउँपालिकामा मंगलबार अधिवेशन भएको हो।दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्षमा गोपाल आचार्य र हलेसी तुवाचुङ नगर अध्यक्षमा डिल्ली चाम्लिङ सर्वसम्मत चयन भएका छन्। यस्तै‚ आठ गाउँपालिकामध्ये कोपिलासगढीको अध्यक्षमा खगेन्द्र राई, ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्षमा टेकेन्द्र राजभण्डारी, रावाबेँसीको अध्यक्षमा बलराम रिजाल चयन भएका छन्।यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको

एमाले पालिका अधिवेशन : लमजुङका सात पालिकामा नेतृत्व सर्वसम्मत

नेकपा एमालेले लमजुङका ७ पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । ८ स्थानीय तह रहेको लमजुङमा मर्स्याङ्दी गाउँपालिकामा तयारी नपुगेका कारण बुधबार अधिवेशन हुने भएको हो । जिल्लाको बेशिसहर नगरपालिका,मध्यनेपाल...

महाधिवेशनको तयारीमा एमाले

विधान महाधिवेशन सकेर एमाले नेतृत्व चयनतर्फ केन्द्रीत भएको छ । एमालेले कात्तिक ६ गतेदेखि वडाबाट महाधिवेशन सुरु गर्ने भएको छ । कात्तिक ९ मा स्थानीय तह गाउँ/नगरपालिकाको अधिवेशन गर्ने जनाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा र पालिका अधिवेशनको उद्घाटन गर्ने भएका छन् । एमालेको १० औं महाधिवेशन मंसिर १०, ११ र १२ गते बुटवलमा गर्ने घोषणा गरिएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।