नेकपा (एमाले) बैतडी अध्यक्षमा दुई जनाले दाबी गरेका छन् । २३ पुसमा हुने आठौँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि वर्तमान जिल्ला अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले दावी प्रस्तुत गरेका हुन् । चन्द पक्ष अहिले चुनावी प्रचारप्रसारमा रहेकाे सचिवका दावेदार सन्तोषप्रकाश जोशीले बताए । उनले भने, ‘हामी टिमसहित चुनावमा जान्छौँ ।' पाल भने सहमतिबाटै अध्यक्ष बन्ने दाउमा छन् । पालले जिल्लाका नेता कार्यकर्तासँग लविङ गरिरहेका छन्। उनले भने, ‘नेताकार्यकर्ताक