एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा पाल, सचेतकमा साउद

धनगढी : सुदूरपश्चिम प्रदेश सभामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक चयन गरेको छ।आइतबार बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा सुरेन्द्र पाल र सचेतकमा निर्मलादेवी साउदलाई चयन गरेको हो।पाल गत मंसिर ४ मा भएको निर्वाचनमा बैतडीको प्रदेशसभा १ बाट निर्वाचित भएका थिए। उनी एमाले बैतडी जिल्ला कमिटि अध्यक्ष पनि हुन्। सचेतकमा चयन भएकी साउद भने डोटीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा चयन भएकी थिइन्।