विकासको बस

देशमा लोकतन्त्र आएर कसलाई के फाइदा भो ? फाइदै भैरहेको छ नि कतिपयलाई । पञ्चायतकालमा अहिलेका नेताहरूलाई घाटा थियो । अहिले फाइदा भैराछ । जनतालाई घाटा भो होला, तर नेता र सरकारहरूलाई त फाइदै फाइदा छ । ती मूर्खहरूको कुनै काम छैन, जो लोकतन्त्र आएर देशलाई के फाइदा भो भनेर रोइलो मात्र गरिरहन्छन् । प्रधानमन्त्रीले मात्र होइन, अर्थमन्त्रीले पनि भनिरहेका छन् कि नेपालको विकासको बस अब तेज गतिमा कुद्छ । हो, विकासको बस ढिला ढाला भए पनि कुद्न चैं कुदिनै रहेको छ । त्यो कहिले बालुवाटारबाट सिंहदरबार, कहिले बालकोट दरबारबाट खुमलटार र कहिले पेरिसडाँडाबाट बालकोट गरिरहेको छ । हाम्रा धर्मशास्त्रहरूमा लेखिएको छ कि जब जब पृथ्वीमा पाप बढ्छ, तब तब धर्तीमा ईश्वरको अवतरण हुन्छ । हाम्रा नेताहरूले सोचे कि अहिले ईश्वरले अवतार लिइरहेका छैनन् । यसको मतलब धर्तीमा पापको कमी भयो । अनि अब के गर्ने त भन्दा पाप बढाउनुपर्‍यो । पाप बढ्यो भने न बल्ल ईश्वरले अवतार लिन्छन् । बिचरा नेताहरूले ईश्वरले अवतार लिऊन् भनेरै मात्र पाप बढाउँदै लगेका हुन् । विष्णुका अवतार आउलान्, आफूलाई मार्लान् र फेरि वैकुण्ठमा जान पाइएला भनेर रावणले सीता हरे जस्तै । चाहे त्यो हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार होस् वा देशद्रोह । वास्तवमा उनीहरूले कुनै गलत काम गरिरहेकै छैनन् । किनकि उनीहरू त दूरदृष्टि राखेर देशका हितका खातिर नै लागिरहेका छन् । त्यसैले तपाईं हामी सबैले नेताहरूका काममा सहयोग गर्नुपर्छ । यसमा अरू माथापच्ची गर्नु जरुरी नै छैन । यो देशमा टेन्सन त यो छ कि जुन कुरामा जनताले तनाव लिनुपर्ने हो, त्यसमा लिइरहेका छैनन् । जुनमा नलिनुपर्ने हो, त्यसमा तनाव लिइरहेका छन् । एकथरी मानिसहरू कालोधन जम्मा भयो, त्यसको खोजी गरौं, अझ कालोधन कमाएर विदेशमा पठाउनेहरूलाई खोजी खोजी कारबाही गरौं भनिरहेका छन् । तर उनीहरूले के बुझेका छैनन् भने धन कालो पनि हुन्न, सेतो पनि हुन्न । धन त धन मात्र हुन्छ । बरु धनको मुख रातो चाहिँ हुन्छ । अझ हाम्रो धर्म, संस्कृति र परम्परा अनुसार त ‘वसुधैव कुटुम्बकम्’ भनेर मानेको छ, अर्थात् विश्व नै एक परिवार हो । यदि विश्व नै एउटै परिवार हो भने धन यहाँ भए पनि उहाँ भए पनि परिवारभित्रै त छ । यसमा कसैले टेन्सन किन लिने ? अर्काथरी मानिसहरू देशमा बेरोजगारी बढेकोमा चिन्ता गर्छन् । बसी बसी खाने मानिसहरू धेरै हुँदै गएपछि बेरोजगारी त बढ्ने नै भयो नि । तर तिनलाई पनि सामाजिक सञ्जालले रोजगारी दिएकै छ त । वास्तवमा मानिसहरू देशमा कामै गर्न चाहँदैनन् । हेर्नुस् त, विहारीहरू नेपाल आएर तरकारी, फलफूल बेच्छन्, कुचो, बस्ने मुडा आदि साइकलमा राखेर बेच्छन्, कपाल काट्ने, प्लम्बिङ आदि काम गर्छन् । निर्माण, कृषि आदि क्षेत्रमा काम उनीहरूले नै धानिरहेका छन् । तर महान् नेपालीहरूले चैं यस्तो सानातिना काम गर्ने कुरै आउँदैन । नेपालीहरू ठूलै सोच्छन् क्या ! विदेशमै काम पाइन्छ भने स्वदेशमा काम किन गर्ने ? अनि विदेश नगए स्वदेशको सरकार कसरी चल्छ ? फेरि देशमा बेरोजगारी बढेन भने विदेश को जाने ? त्यसकारण बेरोजगारी बढेकोमा टेन्सन किन ? यो बेरोजगार हुनु सामान्य कुरा हो नि । काम नभएपछि वा काम नगरेपछि मान्छे बेरोजगार हुन्छ । कुरा स्पष्ट छ । अर्का एकथरी मानिसहरू सरकारी सेवा पाउन जनता लाइनमा खडा हुनुपरेकोमा पनि सरकारलाई गाली गर्छन् । बसी बसी सेवा त कहाँ पाइन्छ त ? सेवा प्राप्त गर्न त लाइनमा खडा हुनैपर्छ नि । लाइनमा खडा हुँदैमा आजसम्म कति नै मरेका छन् र ? आखिर एक दिन त मान्छे लाइनमा खडा नभईकन पनि त मर्छन् । काल आएपछि मान्छे मर्छन्, लाइनमा खडा भएर हैन । यसमा के नयाँ कुरा भो र ? अनलाइन भने पनि ननलाइन भने पनि लाइनमा त बस्नैपर्‍यो नि । कोही भिख मागेर रंगशाला बनाउने लाइनमा छन् । कोही ईख साँधेर मन्त्री, प्रधानमन्त्री बन्ने लाइनमा । कोही देशभित्रै अनेकथरी लाइनमा छन् त कोही विदेश जाने लाइनमा छन् । कोही भने अनलाइनको नाममा ठग्ने लाइनमा छन् । तर सबै सबै कुनै न कुनै लाइनमै छन् । नेपालीहरू त पाएसम्म कोही पनि नेपाल बस्नै चाहन्नन्, त्यसैले त विदेश जाने लाइनमा छन् । किन भनेर सोध्नु होला । किनकि मल्लकालदेखि, शाह, राणा हुँदै अहिलेका दाहालसम्म हामी सबैका पालामा भगवान् समेत उतै अर्थात् विदेशै जान खोज्दा रहेछन् । सीता भारत कुदिन्, भृकुटी तिब्बत । हाम्रा अरनिको चीनतिर कुँदे, बलभद्र लाहुरतिर । यो भिन्दै कुरा हो कि पहिले विदेश पुगेका कतिपय भगवान्हरू अहिले भने केही अमेरिकाबाट, केही बेलायतका म्युजियमबाट नेपालमै फर्किरहेका छन् । केही भगवान् फर्किसकेका छन् त केही फर्किने क्रममा छन् । कोही कोही त यता आएर चन्दा खोज्न थाल्या छन् क्यारे ! यसरी भगवान्हरू स्वदेश फर्किन थालेपछि जनताले अब तनाव लिनुपर्ने कुनै कारणै छैन । भगवान्ले छु मन्तर गरेपछि दुःखका दिन कसो नसकिएलान्, देशले विकासको लय कसो नसमात्ला ? किनकि प्रधानमन्त्रीले मात्र होइन, अर्थमन्त्रीले पनि भनिरहेका छन् कि नेपालको विकासको बस अब तेज गतिमा कुद्छ । हो, विकासको बस ढिला ढाला भए पनि कुद्न चैं कुदिनै रहेको छ । त्यो कहिले बालुवाटारबाट सिंहदरबार, कहिले बालकोट दरबारबाट खुमलटार र कहिले पेरिसडाँडाबाट बालकोट गरिरहेको छ । दिनमा मात्र हो र रातमा समेत कुदिरा पो छ त । यो भिन्दै कुरा हो कि यो बेलाबेलामा बीचबीचमा घ्याच्च घ्याच्च रोकिन्छ, ड्राइभर फेरिन्छ । ड्राइभर ड्राइभरको किचलो हुन्छ । अचम्म त यो छ कि ड्राइभर ड्राइभर कति बेला हात मिलाइसक्छन्, कति बेला खलासी खलासी चाहिँ ङ्यारङ्यार र ङुरङुर गरिरन्छन् थाहै हुन्न । हुन पनि विकासको बाटोमा ढुंगाहरू कहाँ मात्र छैनन् र ? कहिले कुन दल त कहिले कुन दलका बाटामा ढुंगाहरू आइरहेकै छन् । एउटा दलको बाटोेमा ढुंगा आएपछि अरू दलका बाटोमा पनि स्वतः ढुंगाहरू आउँदा रहेछन् । त्यसपछि त देशकै विकासको बाटोमा ढुंगा आइहाल्छ । नत्र देशमा विकासको बस कति छिटो कुद्थ्यो होला कति । तपाईं देशमा विकासको बसको गति कसरी अघि बढिरहेको छ र आगामी दिनमा कसरी अघि बढ्ला भन्ने जान्न साँच्चै उत्सुक हुनुुहुन्छ ? त्यसो भए नेपालको कुनै पनि दलको कार्यालय, सरकारी कार्यालयभित्र गएर हेर्नुस् । नेता र कर्मचारीहरूकोे सोच, क्षमता, इमानदारी परख गर्नुस् । अनि तपाईंले मानेका र ठानेका विकासे विराट अवतारको साक्षात् दर्शन पाउनुहुन्छ ।

सम्बन्धित सामग्री

शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार : मन्त्री बस्नेत

बलेफी सिन्धुपाञ्चोक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताएका छन्। उनले बुधबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ धुस्कोटस्थित भीमसेन माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले शिक्षाको विकास हुन सकेन भने अन्य कुनै पनि विकास नहुनेसमेत दाबी गरे।“शिक्षाको विकास हुन सकेन भने अन्य केही पनि विकास हुन सक्दैन, त्यसैले शिक्षा नै सर्वाङ्गीण विकासको मुल आधार हो, यसलाई सबैले आत्मसात गर्नैपर्छ”, मन्त्री बस

रोकिएन खोलाको अनधिकृत दोहन

सल्यान : जिल्लामा पक्की भवन, सिँचाइ कुलो, सडक, पुललगायत विकासका भौतिक संरचना निर्माण तीव्र गतिमा अघि बढिरहेको छ।धेरै वर्ष लगाएर पूरा हुन नसकेका योजना अहिले तीव्र गतिमा अघि बढिरहेका छन् तर विकासको नाममा भने नदी खोलानाला दोहन पनि उत्तिकै मात्रामा भइरहेको छ। विकास निर्माणका नाममा खोलाबाट बालुवा गिट्टी र ढुंगा उत्खननले जिल्लाका नदी तथा खोलानाला सुक्खा बन्नुका साथै खेतीयोग्य जमिन बाँझो बन्दै गएको छ।जिल्लाको शारदा, बबई, बनगाड‚ मर्मलगायत जिल्लाका अधिकांश खोलामा उत्खनन हुँदा बस

क्याम्पसलाई नगर बस

लहान नगरपालिकाले त्यहाँको जेएस मुरारका बहुमुखी क्याम्पसलाई नगर बस हस्तान्तरण गरेको छ। टाढाबाट आउने विद्यार्थीलाई क्याम्पस आउन जान सहज होस् भन्ने उद्देश्यले बस हस्तारण गरिएको हो। लहान नगरप्रमुख महेशप्रसाद चौधरीले क्याम्पसको शैक्षिक विकासको लागि बस हस्तान्तर गरेको बताउनुभयो। प्रमुख चौधरीले थप्नुभयो, “मधेश प्रदेशकै नमूना क्याम्पसको रूपमा रहेको यस क्याम्पसको शैक्षिक उन्नयन र भौतिक विकासको लागि पहिलो सहयोग हो।

शिक्षाको विकास बिना समृद्धि हासिल हुन सक्दैन : मन्त्री खड्का

उदयपुर- परराष्ट्रमन्त्री डा. नारायण खड्काले शिक्षाको विकास बिना समृद्ध हासिल हुन नसक्ने बताएका छन्। ‘अहिलेको युगको माग शिक्षा हो। विकासको जग भनेकै शिक्षा भएकोले मेरो चासो शिक्षा भएको हो,’ त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटलाई बस हस्तान्तरण गर्दै उनले भने। मन्त्री खड्काले गुणस्तरीय शिक्षामा ध्यान दिँदै प्रदेशकै लिडिङरोल गर्न सक्ने बनाउन आग्रह गरे।

शिक्षाको विकास बिना समृद्ध हासिल हुन सक्दैन : मन्त्री खड्का

परराष्ट्र मन्त्री डा नारायण खड्काले शिक्षाको विकास बिना समृद्ध हासिल हुन नसक्ने बताएका छन् ।‘अहिलेको युगको माग शिक्षा हो । विकासको जग भनेकै शिक्षा भएकोले मेरो चासो शिक्षा भएको हो,’ त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटलाई बस हस्तान्तरण गर्दै उनले भने ।मन्त्री खड्काले गुणस्तरीय शिक्षामा ध्यान दिँदै प्रदेशकै लिडिङ रोल गर्न सक्ने बनाउन आग्रह गरे ।

भरतपुर महानगरद्वारा पाँच ओटा सामुदायिक विद्यालयलाई स्कुल बस प्रदान

साउन २८, चितवन । भरतपुर महानगरले महानगरभित्रका पाँचओटा  सरकारी विद्यालयलाई स्कुल बस प्रदान गरेको छ । सामुदायिक विद्यालयको शिक्षाको स्तर विकास गरी विद्यार्थी र अभिभावकको प्रमुख रोजाईमा पार्ने योजना र उद्देश्य सहित उक्त बस हस्तान्तरण गरेको हो ।  बस पाउने विद्यालयहरुमा नारायणी नमूना माध्यमिक विद्यालय, कविलास माध्यमिक विद्यालय, भिमनगर माध्यमिक विद्यालय, प्रभात माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय रहेका छन् । मंगलवार महानगरमा एक कार्यक्रमको आयोजना गरी प्रमुख रेनु दाहालले विद्यालयका अध्यक्ष र प्रध्यानाध्यापक लाई बसको साचो हस्तान्तरण गरेकी थिइन् । महानगरका अनुसार रुट प्रमिट र इन्स्योरेन्स सहित प्रति बस १९ लाख ९८ हजार रुपैयाँको खर्चमा महानगरले विद्यालयलाई बस हस्तान्तरण गरेको हो । हस्तान्तरण पछि बोल्दै दाहालले महानगरको शिक्षाको गुणस्तर र सेवा सुविधा दिने उद्देश्यले महानगरले शिक्षा विकासको कार्यक्रम अन्त्रगत यस पटक ५ विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको महानगर प्रमुख रेनु दाहालले बताइन् ।   स्कुलको पूर्वाधार निर्माण, स्तरोन्नतिदेखि शैक्षिक पुर्वाधार विकास गर्दै प्रविधिमैत्रि शिक्षण सिकाईमा महानगरले जोड दिएको भन्दै दाहालले महानगरका निजी विद्यालयभन्दा धेरै गुणा बढी सामुदायिक विद्यालय पनि अघि बढ्न सक्ने बताइन् । भरतपुर महानगरलाई अब महानगर शैक्षिक शहरका रुपमा विकास गर्ने आफ्नो योजना रहेको दाहालको भनाइ छ । महानगरमा त्रिभुवन विश्वबिद्यालय अन्तर्गतको, आंगिक इन्जिनियरिंग कलेज, प्रहरी स्कुल, भरतपुर बहुप्राविधिक शिक्षालय ल्याउन सफल भएको र खुला विश्वविद्यालय पनि ल्याउन पहल गरिरहेको दाहालले बताइन् ।   अघिल्लो आर्थिक वर्षको बजेटबाट महानगरले विद्यालयलाई बस प्रदान गरेको महानगरका प्रमुख प्रशाशकिय अधिकृत भोजराज खतिवडाले बताए । चालू आर्थिक वर्षमा पनि स्कुल बस दिने कार्यक्रमलाई निरन्तरता दिईने खतिवडाको भनाइ छ । महानगरले यसअघि पनि सामुदायिक विद्यार्थीका लागी साईकल हस्तान्तरण समेत गरेको थियो  भरतपुर महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले विद्यालयको शैक्षिक विकाससँगै विद्यार्थी र अभिभावकमा थप उर्जा दिलाउन विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको बताए ।  किशोरीहरुलाई साइकल वितरण, लोपउन्मुख र सिमान्तकृत समुदायका बालबालिकाका लागि छात्रवृत्ति प्रदान, द्वन्द्व प्रभावित बालबालिकाका लागि शैक्षिक सहयोग सामग्री प्रदान, अपागंता भएका बालबालिकाका लागि शैक्षिक समग्री लगायतका अन्य सेवा सुविधाहरु महानगरका तर्फबाट प्रदान भएको पौडेलले बताए ।  सरकारी विद्यालयको शैक्षिक विकासका लागि महानगरले गरेको प्रयासको प्रतिफलकै कारण २०७६ मा भन्दा ७७ मा ५ हजार ६०० विद्यार्थीहरु सामुदायिक विद्यालयमा भर्ना भएको उनकोे भनाइ थियो । २०७६ मा आर्थिक वर्षमा ३७ हजार विद्यार्थी रहेकोमा बढेर ४२ हजार ५०० पुगेका उनले बताए । संख्यात्मक वृद्धि मात्रै होईन गुणस्तरमा पनि त्यही अनुपातमा सुधार हुँदै जाने आफूहरुको अपेक्षा रहेको उनले बताए ।   कम विद्यार्थी भएको विद्यालयलाई मर्ज गर्ने नीति महानगरको रहेको र मर्ज गर्दा विद्यालय आउन समस्या हुने विद्यार्थीहरुका लागि बसले धेरै सहजता दिने उनको भनाइ छ ।

भरतपुर महानगरद्वारा ५ ओटा सामुदायिक  बिद्यालयलाई स्कुल बस प्रदान

साउन २८, चितवन । भरतपुर महानगरले महानगर भित्रका पाँच ओटा सरकारी बिद्यालयलाई स्कुल बस  प्रदान गरेको छ ।  सामुदायिक बिद्यालयको शिक्षाको स्तर विकास गरी बिद्यार्थी र अभिभावकको प्रमुख रोजाईमा पार्ने योजना र उद्धेष्यसहित उक्त बस बुधवार हस्तान्तरण गरिएको हो ।  ती बस नारायणी नमूना माध्यमिक विद्यालय, कविलास माध्यमिक विद्यालय,भिमनगर माध्यमिक विद्यालय  प्रभात माध्यमिक विद्यालय  लक्ष्मी माध्यमिक विद्यालयलाई प्रदान गरिएको हो । महानगर प्रमुख रेनु दाहालले बिद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई एक समारोहका बीच बसको साँचो हस्तान्तरण गरेकी हुन् । रुट पर्मिट र बीमासहित प्रतिबस १९ लाख ९८ हजार रुपियाँको खर्चेर महानगरले बिद्यालयलाई हस्तान्तरण गरेको हो ।  हस्तान्तरण पछि बोल्दै दाहालले महानगरको शिक्षाको गुणस्तर र सेवा सुविधा दिने उद्धेश्यले महानगरले शिक्षा विकासको कार्यक्रम अन्त्रगत यस पटक पाँच ओटा बिद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको बताइन् ।   स्कुलको पूर्वाधार  निर्माण, स्तरोन्नतिदेखि शैक्षिक पुर्वाधार विकास गर्दै प्रबिधिमैत्रि शिक्षण सिकाईमा महानगरले जोड दिएको भन्दै उनले महानगरका निजी  बिद्यालयभन्दा धेरै गुणा बढी सामुदायिक विद्यालय पनि अघि बढ्न सक्ने बताइन् । भरतपुर महानगरलाई अब महानगर शैक्षिक शहरका रुपमा विकास गर्ने आफनो योजना रहेको दाहालको भनाई छ  । महानगरमा त्रिभुवन बिश्वबिद्यालय अन्र्तगतको ,आंगिक ईन्जिनियरिंग कलेज ,प्रहरी स्कुल , भरतपुर बहुप्राविधिक शिक्षालय ल्याउन सफल भएको र खुल्ला विश्वबिद्यालय पनि ल्याउन पहल गरिरहेको दाहालले बताईन् ।   अघिल्लो आर्थिक वर्षको बजेटबाट महानगरले बिद्यालयलाई बस प्रदान गरेको महानगरका प्रमुख प्रशाशकिय अधिकृत भोजराज खतिवडाले बताए । चालू आर्थिक वर्षमा पनि स्कुल बस दिने कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।

https://www.onlinekhabar.com/2020/02/837008

४ फागुन, धनगढी । चुरेको जङ्गल फडानी गर्ने गरी राजधानी बनाउने निर्णय गरायौं यातायातको सुविधा दिने गरी प्रदेश बस सञ्चालनमा ल्यायौं सफलतै सफलता प्राप्त गर्‍यौं, सुदूरलाई समृद्ध गरायौं दुई वर्ष नपुग्दै शान्ति सुशासन र विकासको चाङ लगायौं ! यो आइतबारको …

भक्तपुर-पोखरा सिधा बस सेवा शुरु, सेवा उद्घाटन

११ साउन, भक्तपुर । आजबाट भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन भएको छ । शुक्रबार बिहान सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बस सेवा शुभारम्भ गरे । उनले यस क्षेत्रलाई नगरपालिकाले पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा घोषणा गर्न लागेको जानकारी दिँदै सूर्यविनायक नगरपालिकामा पर्यटन विकासको मुख्य आधार बनाउने कार्यक्रम अगाडि ल्याइरहेको बेलामा पर्यटक बस सेवा …

गाउँमा पहिलोपटक बस पुग्दा खुशीयाली - Naya Patrika

विकासको दृष्टिकोणले दुर्गम मानिने प्युठानको गौमुखी गाउँपालिका -४ पुँजा डाडाकटेरीमा पहिलो पटक बस पुग्दा स्थानीयहरुले खुशीयाली मनाए । सडक साघुँरो भएका कारण बस चल्न नसकेको डाडाकटेरीमा नियमित बस सञ्चालनमा ल्याउन...पूरा पढ्नुहोस् »