भरतपुर महानगरद्वारा पाँच ओटा सामुदायिक विद्यालयलाई स्कुल बस प्रदान

साउन २८, चितवन । भरतपुर महानगरले महानगरभित्रका पाँचओटा  सरकारी विद्यालयलाई स्कुल बस प्रदान गरेको छ । सामुदायिक विद्यालयको शिक्षाको स्तर विकास गरी विद्यार्थी र अभिभावकको प्रमुख रोजाईमा पार्ने योजना र उद्देश्य सहित उक्त बस हस्तान्तरण गरेको हो ।  बस पाउने विद्यालयहरुमा नारायणी नमूना माध्यमिक विद्यालय, कविलास माध्यमिक विद्यालय, भिमनगर माध्यमिक विद्यालय, प्रभात माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय रहेका छन् । मंगलवार महानगरमा एक कार्यक्रमको आयोजना गरी प्रमुख रेनु दाहालले विद्यालयका अध्यक्ष र प्रध्यानाध्यापक लाई बसको साचो हस्तान्तरण गरेकी थिइन् । महानगरका अनुसार रुट प्रमिट र इन्स्योरेन्स सहित प्रति बस १९ लाख ९८ हजार रुपैयाँको खर्चमा महानगरले विद्यालयलाई बस हस्तान्तरण गरेको हो । हस्तान्तरण पछि बोल्दै दाहालले महानगरको शिक्षाको गुणस्तर र सेवा सुविधा दिने उद्देश्यले महानगरले शिक्षा विकासको कार्यक्रम अन्त्रगत यस पटक ५ विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको महानगर प्रमुख रेनु दाहालले बताइन् ।   स्कुलको पूर्वाधार निर्माण, स्तरोन्नतिदेखि शैक्षिक पुर्वाधार विकास गर्दै प्रविधिमैत्रि शिक्षण सिकाईमा महानगरले जोड दिएको भन्दै दाहालले महानगरका निजी विद्यालयभन्दा धेरै गुणा बढी सामुदायिक विद्यालय पनि अघि बढ्न सक्ने बताइन् । भरतपुर महानगरलाई अब महानगर शैक्षिक शहरका रुपमा विकास गर्ने आफ्नो योजना रहेको दाहालको भनाइ छ । महानगरमा त्रिभुवन विश्वबिद्यालय अन्तर्गतको, आंगिक इन्जिनियरिंग कलेज, प्रहरी स्कुल, भरतपुर बहुप्राविधिक शिक्षालय ल्याउन सफल भएको र खुला विश्वविद्यालय पनि ल्याउन पहल गरिरहेको दाहालले बताइन् ।   अघिल्लो आर्थिक वर्षको बजेटबाट महानगरले विद्यालयलाई बस प्रदान गरेको महानगरका प्रमुख प्रशाशकिय अधिकृत भोजराज खतिवडाले बताए । चालू आर्थिक वर्षमा पनि स्कुल बस दिने कार्यक्रमलाई निरन्तरता दिईने खतिवडाको भनाइ छ । महानगरले यसअघि पनि सामुदायिक विद्यार्थीका लागी साईकल हस्तान्तरण समेत गरेको थियो  भरतपुर महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले विद्यालयको शैक्षिक विकाससँगै विद्यार्थी र अभिभावकमा थप उर्जा दिलाउन विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको बताए ।  किशोरीहरुलाई साइकल वितरण, लोपउन्मुख र सिमान्तकृत समुदायका बालबालिकाका लागि छात्रवृत्ति प्रदान, द्वन्द्व प्रभावित बालबालिकाका लागि शैक्षिक सहयोग सामग्री प्रदान, अपागंता भएका बालबालिकाका लागि शैक्षिक समग्री लगायतका अन्य सेवा सुविधाहरु महानगरका तर्फबाट प्रदान भएको पौडेलले बताए ।  सरकारी विद्यालयको शैक्षिक विकासका लागि महानगरले गरेको प्रयासको प्रतिफलकै कारण २०७६ मा भन्दा ७७ मा ५ हजार ६०० विद्यार्थीहरु सामुदायिक विद्यालयमा भर्ना भएको उनकोे भनाइ थियो । २०७६ मा आर्थिक वर्षमा ३७ हजार विद्यार्थी रहेकोमा बढेर ४२ हजार ५०० पुगेका उनले बताए । संख्यात्मक वृद्धि मात्रै होईन गुणस्तरमा पनि त्यही अनुपातमा सुधार हुँदै जाने आफूहरुको अपेक्षा रहेको उनले बताए ।   कम विद्यार्थी भएको विद्यालयलाई मर्ज गर्ने नीति महानगरको रहेको र मर्ज गर्दा विद्यालय आउन समस्या हुने विद्यार्थीहरुका लागि बसले धेरै सहजता दिने उनको भनाइ छ । 

सम्बन्धित सामग्री

रोल्पाका ३ सामुदायिक विद्यालयमा स्कुल बस

१८ मंसिर, रोल्पा । रोल्पाका तीन सामुदायिक विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएका छन् । परिवर्तन गाउँपालिका–५ मौलावोटको नेपाल राष्ट्रिय मावि, रोल्पा नगरपालिका–६ कोटगाउँको नेपाल मावि र सदरमुकाम लिवाङको बालकल्याण माविले स्कुल बस सञ्चालन गरेका हुन् । नेपाल मावि कोटगाउँ, बालकल्याण मावि लिवाङले १/१ वटा र नेपाल राष्ट्रिय मावि मौलावोटले २ वटा बस सञ्चालनमा ल्याएका छन् […]

ट्राफिक नियम पालना नगर्ने २० वटा स्कुल बस कारबाहीमा

काठमाण्डाै - ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट २० वटा स्कुल बस नियन्त्रणमा लिएर मापदण्ड पूरा गर्ने सर्तमा छोडेको छ । स्कुल बस निर्देशिका–२०७४ अनुसार सञ्चालन नगर्ने २० वटा स्कुल बस नियन्त्रणमा लिएर १५ दिनभित्र मापदण्ड पूरा गर्ने गरी छाडिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जाँचका क्रममा हिजो स्कुल बस निर्देशिका अनुसार सञ्चालन नगरेका २० वटालाई नियन्त्रणमा लिएको थियो । सवारी चालक अनुमतिपत्र नभएको, बसको झ्यालमा डण्डी नराख्ने, कागजपत्र साथमा नराख्ने र ट्राफिक ...

रक्सी खाएर गाडी चलाउने स्कुल बस चालकमाथि कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा स्कुल बस चलाउने चालकले पनि जाँडरक्सी खाएर गाडी चलाउने गरेको पाइएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २ जना चालकलाई आइतबार कारबाही गरेको छ । बिहान साढे ५ बजेदेखि साढे ८ बजे सम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारवाहीमा परेका हुन् । कारबाहीमा […]

जाँडरक्सी खाएर गाडी चलाउँछन् स्कुल बस चालक पनि, २ जना कारबाहीमा

२६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा स्कुल बस चलाउने चालकले पनि जाँडरक्सी खाएर गाडी चलाउने गरेको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २ जना चालकलाई आइतबार कारबाही गरेको छ । बिहान साढे ५ बजेदेखि साढे ८ बजे सम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारवाहीमा परेका हुन् […]

मापसे गरी स्कुल बस चलाउने चालकलाई कारबाही

उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच जना चालकलाई कारबाही गरेको छ।...

मापसे गरेर स्कुल बस चलाएपछि…

१५ साउन, काठमाडौं । ट्राफिक नियम पालना नगर्ने १६ वटा स्कुल बसका चालक कारबाहीमा परेका छन् । स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई ८ साउनदेखि कारबाही तथा सचेतना अभियान थालिएको हो । अभियानलाई निरन्तरता दिने क्रममा  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारमात्रै विभिन्न स्कुलका १६ वटा बसलाई कारबाही गरेको हो […]

मापसे गरी स्कुल बस चलाउने पाँच चालकलाई कारबाही

मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच जना चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । आइतबार बिहान चेकजाँचका क्रममा विभिन्न स्कुलका पाँचजना चालकहरूले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको पाइएको प्रहरीको भनाइ छ ।ट्राफिक प्रहरीले गत ८ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान चलाउँदै आएको छ । आइतबार मात्र १६ वटा स्कुल बसलाई  विभिन्न कसुरमा कार्यालयले नियमानुसार कारबाही गरेको

नमूना मावि गाईघाटलाई भारतीय दुतावासको स्कुल बस

भारतीय दुतावासले गाईघाटस्थित त्रियुगा नमूना माध्यमिक विद्यालय (१–१२) लाई स्कुल बस उपलब्ध गराएको छ।...

सरकारी विद्यालयमा स्कुल बस

काठमाडौँ,३० जेठ । बागलुङ नगरपालिका–६ स्थित लहरेपिपल माध्यामिक विद्यालयले सञ्चालनमा ल्याएको स्कुल बस । स्कुल बस सञ्चालनमा ल्याएसँगै टाढाटाढा घर भएका विद्यार्थीलाई अहिले विद्यालयमा पुग्न र घरफर्कन सजिलो भएका छन् । तस्बिर : खेमराज गौतम÷रासस

भरतपुर महानगरले दियो ५ सरकारी विद्यालयलाई स्कुल बस

भरतपुर महानगरले महानगरका ५ वटा सरकारी विद्यालयलाई स्कुल बस प्रदान गरेको छ । सामुदायिक विद्यालयको शिक्षाको स्तर विकास गरी विद्यार्थी र अभिभावकको प्रमुख रोजाइमा पार्ने योजना र उद्देश्य सहित महानगरले नारायणी नमुना मावि, कविलास मावि, भीमनगर मावि, प्रभात मावि र लक्ष्मी माविलाई स्कुल बस हस्तान्तरण गरेको हो । एक कार्यक्रम आयोजना गरि महानगर प्रमुख रेणु दाहालले विद्यालयका अध्यक्ष र प्रअ लाई बसको साँचो हस्तान्तरण गरेर विद्यालयलाई बस प्रदान गरिन् । रुट पर्मिट र ईन्सुरेन्ससहित प्रति बस