देश परिवर्तन गर्ने उद्देश्यका साथ १० वर्षे जनयुद्धमा होमिएका एक युवा यतिबेला कृषिकर्म गरिरहेका छन् । २०५८ सालमा अनेरास्ववियू क्रान्तिकारी हुँदै राजनीति जीवन शुरू गरेका बिक्रम मैनाली २०५८ सालदेखि पूर्णकालीन राजनीतिमा होमिएका हुन् ।
उनी वाईसीएल झापाका क्षेत्रीय इन्चार्ज, झापा जिल्ला सहइन्चार्ज, नेकपा माओवादी जिल्ला सदस्य समेत भए ।
देशका युवाको अनुहारमा चम्किलो भाग्य रेखा कोर्ने सपना बुनेर पूर्णकालीन राजनीतिमा होमिएका मैनाली राजनीतिबाट परिवर्तन हुने नदेखेपछि विदेशतिर लागे । अरुको उज्जवल भविष्यको रेखा कोर्ने सपना ब...