क्युबामा क्रान्ति सम्पन्न भएको ६२ वर्ष पुग्दैछ । यी ६ दशकमा यो देशले उल्लेखनीय प्रगति गरेको छ । अमेरिका जस्तो महाशक्ति राष्ट्रको आँखाको कसिङ्गर बनेर ६० वर्ष टिक्नु पनि आफैँमा चानचुने उपलब्धि होइन । अझ अमेरिकाको फ्लोरिडा राज्यबाट केवल ९० माइल मात्र टाढा रहेको देशका लागि । अमेरिकाले क्युबाको क्रान्तिलाई उल्ट्याउन कुनै कसर बाँकी राखेको थिएन । ६० वर्षसम्म लगातार नाकाबन्दी लगाइरह्यो तर पनि क्युबा झुकेन । क्युबाली क्रान्तिका नायक फिडेल क्यास्ट्रोलाई हत्या गर्न मात्र अमेरिकाले ५०० पटकभन्दा