राजनीति एक नागरिकको हरेक दिनको कार्य हो। कुनै शंका नै छैन, स्वस्थ्य लोकतन्त्रको ठूलो हिस्सा युवाहरूमा निर्भर गर्दछ । युवा पुस्ता राष्ट्रको प्रगति निर्धारण गर्ने मुख्य स्तम्भ पनि हो। नेपालको जनसंख्याको ६०% जनता ४० वर्षभन्दा कम उमेरका छन्, जो हाम्रो समाजका मुटु हुन् । हामीले के कुरा बुझ्नु पर्छ भने राजनीतिको पाङ्ग्रा युवाहरूको सहभागिता विना घुम्न सक्तैन र उनीहरू अघिल्लो पुस्ताको विचारधाराका कैदी पनि होइनन् ।
हाम्रो समाजमा जे जति क्रियाकलापहरू हुन्छन्, ती कहीँ न कहीँ राजनीतिसँग जोडिएका हुन्छन् । तर राजनीति गर्न सक्षम राजनीतिज्ञ...