२०३१ साल माघमा भक्तपुरमा जन्मिएका महेश बस्नेत २०४९ मा नेकपा एमालेको साधारण सदस्य भएका थिए । त्यसयताको उथलपुथलपूर्ण राजनीतिमा एमालेभित्र राम्रो प्रगति गरेका नेतामा पर्छन्, उनी । सूर्यविनायक नगरपालिका–७ का स्थायी बासिन्दा बस्नेतले कानुनमा स्नातकसम्म अध्ययन गरेका छन् । बेलाबखत अनपेक्षित कारनामा गरेर चर्चामा आइरहने उनी २०५४ को स्थानीय निकाय चुनावमा गुन्डु गाविसको अध्यक्षमा निर्वाचित […]