काठमाडौं : उपभोक्ता समितिबाट डेढ लाख घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको इश्वरपुर नगरपालिका–११ का वडा अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।वडा अध्यक्ष राम दुलार साह र वडा सदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायविरुद्ध अख्तियारले शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो।वडा अध्यक्षले साहले ढलान सम्बन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत घुस लिन वडा सदस्यहरूलाई निर्देशन दिएको खुलेको अख्तियारले जनाएको छ।अ