अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रधानले सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिएको पुष्टी भएको जनाउँदै अख्तियारले आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले उनलाई गत साउन १८ गते सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अख्तियारले आज एक विज्ञप्ति जारी गर्दै अनुसन्धानको सिलसिलामा प्रधानले कम्प्