काठमाडौं महानगरका वडा सदस्य वसन्त महर्जनविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं महानगरपालिका–१४ का वडा सदस्य वसन्त महर्जनविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख घुस लिएको पुष्टि भएकाले महर्जनविरुद्ध आरोपपत्र दायर गरिएको जनाएको हो ।  सेवाग्राहीको नाता प्रमाणित र जग्गाको मोही नामसारी सिफारिसका लागि सेवाग्राहीसँग दुई लाख रूपैयाँ घुस मागेको पुष्टि भएको अख्तियारले जनाएको छ ।  अख्तियारले महर्जनलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा भदौ २१ गते नियन्त्रणमा लिएको जनाएको छ । 

सम्बन्धित सामग्री

हरिपुर नपाकी तत्कालीन उपमेयरसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिपुर नगरपालिकाकी तत्कालीन उपमेयर रेणुकादेवी काफ्ले, निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेल र वडाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । तत्कालीन उपमेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृतसँगै वडा नम्बर १ का तत्कालीन अध्यक्ष कुमार लामा, वडा सदस्य वेदकुमारी बलम्पाकी, सदस्य लक्ष्मी कुमर, नगरपालिकाका इन्जिनियर रञ्जित […]

दोहोरो नागरिकता बनाउन सिफारिस गरी घुस लिने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोहोरो नागरिकता बनाउन सिफारिस गरी सेवाग्राहीसँग घुस माग्ने वडा अध्यक्ष र सदस्यलाई भ्रष्टाचार मुद्दा चलाएको छ। स्याङ्जा भिरकोट नगरपालिका वडा नं ९ का वडाध्यक्ष भिम बहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाउन सिफारिस गर्दा घुस लिएको अनुसन्धान खुलेको आयोगले जनाएको छ। वडाध्यक्ष भिम बहादुर र वडा […]