टोकियो ओलम्पिकः ३४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा

एजेन्सी। टोकियो ओलम्पिकको आज १५औं दिन महिला म्याराथन र पुरुष फुटबलसहित ३४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। एथलेटिक्समा ७, कनोई स्प्रिन्ट र बक्सिङमा समान ४, कुस्तीमा ३, करातेमा २, तथा गल्फ, बास्केटबल, बीच भलिबल, डाइभिङ, वाटर पोलो, साइक्लिङ ट्रयाक, इक्विस्ट्रे, बेसबल, फुटबल, ह्याण्डबल, भलिबल, आष्ट्रिस्टिक स्विमिङ, मोर्डन पेन्टाथलन र रिदमिक जिम्न्यास्टिकमा समान एक स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुदैछ।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः महिला भलिबलमा सर्वियालाई काश्य

एजेन्सी। सर्वियाले महिला भलिबलमा दक्षिण कोरियालाई ३–० को सेटमा हराउँदै काश्य पदक जितेको छ। रियो ओलम्पिकमा रजत पदक जित्न सफल सर्वियाले दक्षिण कोरियालाई सोझो सेटमा हराएको हो। सर्वियाले २५–१८, २५–१५, २५–१५ ले हराएको हो। महिला भलिबलमा स्वर्ण पदकका लागि आजै ब्राजिल र अमेरिकाबीच प्रतिस्पर्धा हुदैछ। पुरुषमा फ्रान्सले स्वर्ण, रुसले रजत र अर्जेन्टिनाले काश्य पदक जित्यो।

टोकियो ओलम्पिकः साबिक विजेता ब्राजिल सेमिफाइनलमा

एजेन्सी। म्याथ्युज कुन्हाको गोलमा साबिक विजेता ब्राजिलले आज इजिप्टलाई १–० ले हराउँदै पुरुष फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। ब्राजिलको जितमा कुन्हाले ३७औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। ब्राजिलले अब फाइनल प्रवेशका लागि दक्षिण कोरिया र मेक्सिकोबीचको विजेता विरुद्ध खेल्नेछ। अर्को सेमिफाइनलमा आयोजक जापानले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। जापानले न्युजिल्यान्डलाई र स्पेनले आइभोरी कोष्टलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।

टोकियो ओलम्पिकः जापान फुटबलको सेमिफाइनलमा

एजेन्सी। आयोजक जापानले न्युजिल्यान्डलाई पेनाल्टी सुट आउटमा ४–२ ले हराउँदै पुरुष फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। निर्धारित ९० र थपिएको ३० मिनेटमा गोलरहित बराबरी भएपछि खेल टाई ब्रेकरमा पुगेको थियो। टाई ब्रेकरमा न्युजिल्यान्डका लिबर्टो काकासेको प्रहार जापानका गोलकिपर तानी कोसेईले बचाइदिएका थिए भने क्लेटन लेविसको प्रहार बाहिरिएको थियो। जापानले अब फाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

टोकियो ओलम्पिकः भारतकी पीभी सिन्धु सेमिफाइनलमा हारिन्

एजेन्सी। भारतकी ब्याडमिन्टन खेलाडी पीभी सिन्धु महिला एकलमा चाइनिज ताईपेईकी ताई जु–यिङसँग २–० ले पराजित भएकी छिन्। सिन्धु २१–१८, २१–१२ को सेटमा हारेकी हुन्। सिन्धुले अब काश्य पदकका लागि हे विङ जिआओसँग प्रतिस्पर्धा गर्नेछिन्। यस स्पर्धामा स्वर्ण पदकका लागि चीनकी चेन यु फेई र जु–यिङबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल आइतबार हुनेछ।

टोकियो ओलम्पिकः स्पेन फुटबलको सेमिफाइनलमा

एजेन्सी। राफा मिरको ह्याट्रिकसँगै स्पेनले आइभोरी कोष्टलाई ५–२ ले हराउँदै पुरुष फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। निर्धारित समय २–२ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा नतिजा आएको हो। मिरबाहेक स्पेनका ड्यानिएल ओल्मो र मिकेल ओएर्जाबलले गोल गरे। आइभोरी कोष्टका इरिक ब्याली र म्याक्स–एलेन ग्राडेलले गोल गरे। स्पेनले अब जापान र न्युजिल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

टोकियो ओलम्पिकः आठौं दिन २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा

एजेन्सी। जापानमा जारी टोकियो ओलम्पिकमा आज आठौं दिन २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। आज पौडीमा चार, एथलेटिक्समा तीन, सुटिङ, भारोत्तोलन र सैलिङमा समान दुई तथा अर्चरी, ब्याडमिन्टन, फेन्सिङ, जुडो, रग्बी सेभेन, टेनिस, जिम्न्यास्टिक र ट्रायथलनमा समान एक गरी २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। अहिलेसम्म १३७ स्वर्ण पदकको टुंगो लाग्दा ४२ देशले स्वर्ण पदक जितेका छन्।

टोकियो ओलम्पिकः ब्राजिलाई हराउँदै क्यानडा सेमिफाइनलमा

एजेन्सी। क्यानडाले ब्राजिलाई टाइब्रेकरमा ४–३ ले हराउँदै महिला फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। निर्धारित ९० र थपिएको ३० मिनेटमा गोलरहित बराबरी भएपछि टाइब्रेकरबाट नतिजा आएको हो। क्यानडाले अब फाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र अमेरिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। ब्राजिलकी राफेली र आन्द्रेसा टाइब्रेकरमा गोल गर्न चुके। क्यानडाकी क्रिष्टिन सिनक्लियरले गोल गर्न चुकिन्।

टोकियो ओलम्पिकः जोकोभिच टेनिसको सेमिफाइनलमा

एजेन्सी। शीर्ष वरीयताको सर्वियाका नोभाक जोकोभिच ओलम्पिक पुरुष टेनिसमा एकल स्पर्धाको सेमिफाइनलमा प्रवेश गरेका छन्। जोकोभिचले आयोजक जापानका केई निशीकोरीलाई ६–२, ६–० को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन्। जोकोभिचले अब फाइनल प्रवेशका लागि जर्मनीका एलेक्जेन्डर जेरेभ र फ्रान्सका जेरेमी चार्डीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्। रुसका कारिन खाचनोभ र स्पेनका पाब्लो कारेनो बुष्टाले पनि सेमिफाइनलमा स्थान बनाए।

टोकियो ओलम्पिकः पहिलो दिन चीनलाई तीन स्वर्ण

एजेन्सी। टोकियो ओलम्पिकमा पहिलो ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। त्यसमा चीनले तीन स्वर्ण पदक जित्यो। इटाली, जापान, दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्यान्डले एक÷एक स्वर्ण पदक जिते। दोस्रो दिन आइतबार १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। चीनकी याङ क्विन टोकियो ओलम्पिकमा स्वर्ण जित्ने पहिलो खेलाडी बनिन्। उनले महिला १० मिटर इयर राइफलमा स्वर्ण पदक जितेकी थिइन्।

टोकियो ओलम्पिकः पहिलो दिन ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै

एजेन्सी। जापानको राजधानी टोकियोमा जारी ओलम्पिकको पहिलो दिन आज ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। आर्चरी, साइक्लिङ, फेन्सिङ, जुडो, सुटिङ, तेक्वान्दो र भारोत्तोलनमा पदकका लागि प्रतिस्पर्धा हुदैछ। नेपाली खेलाडी सोनिया भट्टले पनि जुडोको ४८ केजी मुनीको तौल समूहमा रुसकी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्दैछिन्। त्यस्तै सुटिङमा कल्पना परियारले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्दैछिन्।