टोकियो ओलम्पिकः जापान फुटबलको सेमिफाइनलमा

एजेन्सी। आयोजक जापानले न्युजिल्यान्डलाई पेनाल्टी सुट आउटमा ४–२ ले हराउँदै पुरुष फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। निर्धारित ९० र थपिएको ३० मिनेटमा गोलरहित बराबरी भएपछि खेल टाई ब्रेकरमा पुगेको थियो। टाई ब्रेकरमा न्युजिल्यान्डका लिबर्टो काकासेको प्रहार जापानका गोलकिपर तानी कोसेईले बचाइदिएका थिए भने क्लेटन लेविसको प्रहार बाहिरिएको थियो। जापानले अब फाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः पदक तालिकामा चीनको अग्रता कायमै

काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’ को पदक तालिकामा चीनले आफ्नो अग्रतालाई कायम राखेको छ।१३औं दिनसम्म आइपुग्दा चीनले ३२ स्वर्ण,२२ रजत र १६ कास्यसहित कुल ७० वटा पदक जितेर तालिकाको शीर्ष स्थानमा छ।दोस्रो स्थानमा रहेको अमेरिकाले २५ स्वर्ण, ३१ रजत र २३ कास्य गरी ७९ पदक जितेको छ। २१ स्वर्ण, ७ रजत र १२ कास्यसहित ४० पदक जितेको जापान तेस्रो स्थानमा छ।

टोकियो ओलम्पिकः पदक तालिकामा जापान शीर्ष स्थानमा, अमेरिकालाई उछिन्दै चीन दोस्रो

काठमाडौं। टोकियो ओलम्पिक २०२० को पदक तालिकामा १३ स्वर्ण, ४ रजत र ५ काश्यसहित कुल २२ पदकका साथ जापान शीर्ष स्थानमा छ। अमेरिकालाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको चीनले हालसम्म १२ स्वर्ण, ६ रजत र ९ काश्यसहित कुल २७ पदक हात पारेको छ। तालिकाको तेस्रो स्थानमा रहेको अमेरिकाले ११ स्वर्ण, ११ रजत र ९ काश्यसहित कुल ३१ पदक जितेको छ।

टोकियो ओलम्पिकः स्वर्णमा जापानको वर्चश्व कायमै, चीन दोस्रोमा उक्लियो

एजेन्सी। टोकियो ओलम्पिक–२०२० को पाँचौं दिन सकिँदा स्वर्ण पदकमा जापानको वर्चश्व कायमै छ। जापान १३ स्वर्ण, ४ रजत र ५ काश्यगरी कुल २२ पदकका साथ शीर्ष स्थानमा छ। १२ स्वर्ण, ६ रजत र ९ काश्यसहित कुल २७ पदक जितेको चीन दोस्रो स्थानमा उक्लिएको छ। ११ स्वर्ण, ११ रजत र ९ काश्यसहित कुल ३१ पदक जितेको अमेरिका तेस्रो स्थानमा छ।