टोकियो ओलम्पिकः स्पेन फुटबलको सेमिफाइनलमा

एजेन्सी। राफा मिरको ह्याट्रिकसँगै स्पेनले आइभोरी कोष्टलाई ५–२ ले हराउँदै पुरुष फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। निर्धारित समय २–२ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा नतिजा आएको हो। मिरबाहेक स्पेनका ड्यानिएल ओल्मो र मिकेल ओएर्जाबलले गोल गरे। आइभोरी कोष्टका इरिक ब्याली र म्याक्स–एलेन ग्राडेलले गोल गरे। स्पेनले अब जापान र न्युजिल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः फुटबलमा ब्राजिल र स्पेन फाइनलमा

एजेन्सी, १९ साउन । टोकियो ओलम्पिकको ११औं दिन सम्म चीनले पदक तालिकामा अग्रता कायम राखेको छ । आज पदक थप्दै ३२ स्वर्णका साथ चीन पहिलो स्थानमा छ । अमेरिका २४ स्वर्णका साथ दोस्रो र जापान १९ स्वणृका साथ तेस्रो स्थानमा छ । यसैगरी, ओलम्पिक पुरुष फुटबलमा ब्राजिल र स्पेन फाइनलमा पुगेका छन् । ब्राजिलले मेक्सिको […]

टोकियो ओलम्पिकः पुरुष फुटबलको अन्तिम चारमा ब्राजिल, जापान, मेक्सिको र स्पेन

जापानको टोकियोमा जारी ओलम्पिक गेम्स अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक होडमा ब्राजिल, जापान, मेक्सिको र स्पेन रहेका छन् । यी चार टिम सेमिफाइनलमा पुगेका हुन् । अघिल्लो ओलम्पिकमा स्वर्ण पदक जितेको ब्राजिलका लागि अब दुई जित लगातार दोस्रोपटक स्वर्ण जित्न सक्नेछ । इजिप्टलाई १–० ले पराजित गरेर ब्राजिलले सेमिफाइनलमा स्थान बनाएको हो । ब्राजिलले मंगलबार […]

टोकियो ओलम्पिकः फुटबलमा अर्जेन्टिनाको पहिलो जित

एजेन्सी। फकुन्डो मेडिनाको गोलमा अर्जेन्टिनाले आज टोकियो ओलम्पिक पुरूष फुटबलमा इजिप्टलाई १–० ले हराएको छ। अर्जेन्टिनाको जितमा मेडिनाले ५२औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। पहिलो खेलमा अर्जेन्टिना अष्ट्रेलियासँग हारेको थियो। जितपछि अर्जेन्टिना तीन अंकका साथ समूह ‘सी’को दोस्रो स्थानमा छ। समान एक अंक जोडेको स्पेन र इजिप्ट क्रमशः तेस्रो र चौथो स्थानमा छ। अष्ट्रेलिया शीर्ष स्थानमा छ।

टोकियो ओलम्पिकः अर्जेन्टिना अष्ट्रेलियासँग पराजित

एजेन्सी। पूर्व स्वर्ण पदक विजेता अर्जेन्टिना टोकियो ओलम्पिकको पुरुष फुटबलमा अष्ट्रेलियासँग २–० ले पराजित भएको छ। पहिलो हाफको इन्जुरी समयमा फ्रान्सिस्को ओर्टेगाले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भयो। अष्ट्रेलियाका लचलन वाल्स र मर्को टिलिओले गोल गरे। जितसँगै अष्ट्रेलिया समूह सीको शीर्ष स्थानमा छ। यही समूहमा यसअघि स्पेन र इजिप्टले गोलरहित बराबरी खेले।