टोकियो ओलम्पिकः पहिलो दिन ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै

एजेन्सी। जापानको राजधानी टोकियोमा जारी ओलम्पिकको पहिलो दिन आज ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। आर्चरी, साइक्लिङ, फेन्सिङ, जुडो, सुटिङ, तेक्वान्दो र भारोत्तोलनमा पदकका लागि प्रतिस्पर्धा हुदैछ। नेपाली खेलाडी सोनिया भट्टले पनि जुडोको ४८ केजी मुनीको तौल समूहमा रुसकी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्दैछिन्। त्यस्तै सुटिङमा कल्पना परियारले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्दैछिन्।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः ३४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा

एजेन्सी। टोकियो ओलम्पिकको आज १५औं दिन महिला म्याराथन र पुरुष फुटबलसहित ३४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। एथलेटिक्समा ७, कनोई स्प्रिन्ट र बक्सिङमा समान ४, कुस्तीमा ३, करातेमा २, तथा गल्फ, बास्केटबल, बीच भलिबल, डाइभिङ, वाटर पोलो, साइक्लिङ ट्रयाक, इक्विस्ट्रे, बेसबल, फुटबल, ह्याण्डबल, भलिबल, आष्ट्रिस्टिक स्विमिङ, मोर्डन पेन्टाथलन र रिदमिक जिम्न्यास्टिकमा समान एक स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुदैछ।

टोकियो ओलम्पिकः आठौं दिन २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा

एजेन्सी। जापानमा जारी टोकियो ओलम्पिकमा आज आठौं दिन २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। आज पौडीमा चार, एथलेटिक्समा तीन, सुटिङ, भारोत्तोलन र सैलिङमा समान दुई तथा अर्चरी, ब्याडमिन्टन, फेन्सिङ, जुडो, रग्बी सेभेन, टेनिस, जिम्न्यास्टिक र ट्रायथलनमा समान एक गरी २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। अहिलेसम्म १३७ स्वर्ण पदकको टुंगो लाग्दा ४२ देशले स्वर्ण पदक जितेका छन्।

टोकियो ओलम्पिकः पहिलो दिन चीनलाई तीन स्वर्ण

एजेन्सी। टोकियो ओलम्पिकमा पहिलो ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। त्यसमा चीनले तीन स्वर्ण पदक जित्यो। इटाली, जापान, दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्यान्डले एक÷एक स्वर्ण पदक जिते। दोस्रो दिन आइतबार १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। चीनकी याङ क्विन टोकियो ओलम्पिकमा स्वर्ण जित्ने पहिलो खेलाडी बनिन्। उनले महिला १० मिटर इयर राइफलमा स्वर्ण पदक जितेकी थिइन्।