टोकियो ओलम्पिकः पहिलो दिन चीनलाई तीन स्वर्ण

एजेन्सी। टोकियो ओलम्पिकमा पहिलो ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। त्यसमा चीनले तीन स्वर्ण पदक जित्यो। इटाली, जापान, दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्यान्डले एक÷एक स्वर्ण पदक जिते। दोस्रो दिन आइतबार १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। चीनकी याङ क्विन टोकियो ओलम्पिकमा स्वर्ण जित्ने पहिलो खेलाडी बनिन्। उनले महिला १० मिटर इयर राइफलमा स्वर्ण पदक जितेकी थिइन्।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः १० औं दिन सकिँदा स्वर्ण पदकमा चीनको अग्रता कायम

काठमाडौं। टोकियो ओलम्पिक–२०२० को १० औं दिन सकिँदा पदक तालिकामा चीनको अग्रता कायमै छ। हालसम्म चीन २९ स्वर्ण, १७ रजत र १६ काश्यसहित ६२ पदक जितेर तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको अमेरिकाले २२ स्वर्ण, २५ रजत र १७ काश्य गरी ६४ र जापानले १७ स्वर्ण, ६ रजत र १० काश्यसहित ३३ पदकसहित तेस्रो स्थानमा छ।

टोकियो ओलम्पिकः स्वर्णमा जापानको वर्चश्व कायमै, चीन दोस्रोमा उक्लियो

एजेन्सी। टोकियो ओलम्पिक–२०२० को पाँचौं दिन सकिँदा स्वर्ण पदकमा जापानको वर्चश्व कायमै छ। जापान १३ स्वर्ण, ४ रजत र ५ काश्यगरी कुल २२ पदकका साथ शीर्ष स्थानमा छ। १२ स्वर्ण, ६ रजत र ९ काश्यसहित कुल २७ पदक जितेको चीन दोस्रो स्थानमा उक्लिएको छ। ११ स्वर्ण, ११ रजत र ९ काश्यसहित कुल ३१ पदक जितेको अमेरिका तेस्रो स्थानमा छ।

टोकियो ओलम्पिकः चौथो दिन बिहानसम्म २४ देश तथा क्षेत्रले हात पारे स्वर्ण पदक

काठमाडौं।टोकियो ओलम्पिक २०२० को चौथो दिन बिहानसम्म कुल २४ देश तथा क्षेत्रले कम्तिमा एउटा स्वर्ण पदक हात पारेका छन्।हालसम्म जापानले ८,अमेरिकाले ७, चीनले ६,रुसी खेलाडीले ४,बेलायतले ३, दक्षिण कोरियाले ३ र अष्ट्रेलिया र कोसोभोले दुई–दुई वटा स्वर्ण जितेका छन्। यस्तै, इटाली, फ्रान्स, क्यानडा, हंगेरी, ट्युनिसिया, क्रोयसिया, स्लोभानिया, अष्ट्रिया, बर्मुडा,इक्वेडर, हङकङ,इरान, नर्वे, फिलिपिन्स,थाइल्याण्ड र उज्वेकिस्तानले एक–एक वटा स्वर्ण जितेका छन्।