नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीमा व्यक्तिप्रधान प्रवृत्ति हाबी भएकाले नेपालको कम्युनिष्ट आन्दोलन धरासायी भएको बताएकी छन् ।
४३ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित प्रवचन कार्यक्रममा शाक्यले पुष्पलाल सिद्धान्तमा अडिग रहने नेता भएकाले त्यसबेलाको कम्युनिष्ट पार्टी व्यक्तिप्रधान नभएको बताइन् ।
शाक्यले युवाहरूलाई बाँदर बनाएर सडकमा प्रदर्शन गरेर नेपालको कम्युनिष्ट आन्दोलन नजोगिने टिप्पणी गरेकी छन् । केही दिन अघि एमालेका ओली पक्षीय युवाहरूले बाँदरको रुपमा सडकमा...