काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापाले नेकपा एमालेको नेतृत्वमा कम्युनिष्ट आन्दोलन सुदृढ बनाउन लाग्ने बताएका छन्। काठमाडौं जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘पछिल्लो ३ वर्षमा दुई लाइनको संघर्ष सुरु भयो। पार्टीभित्र पूँजीवादी दक्षिणपन्थी धारा विकास भयो, कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारलाई ढाल्न सफल भए।’ अब एमालेको नेतृत्वमा कम्युनिष्ट पार्टीलाई सुदृढ गर्न लाग्ने उनले बताए। थापाले भने,‘एमालेको इतिहासको अध्ययन र आत्मसाथ गर्दै