काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेका छन्। पार्टी फुटेपछि पहिलोपटक प्रचण्डसँग फोन संवाद गरेका ओलीले चुनावमा विजयी भएकामा बधाई दिँदै कम्युनिष्ट आन्दोलन धराशायी भएकोमा चिन्ता व्यक्त गरेको माओवादी उच्च स्रोतले जनाएको छ। ‘उहाँ (ओली) आफैंले फोन गर्नुभएको थियो। चुनावमा विजयी भएकामा आपसमा बधाई साटासाट भयो’, माओवादी उच्च स्रोतले भन्यो, ‘ओलीजीले चुनावी नतिजालाई