विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन् । यस वर्षको शरद ऋतु (अटम सिजन) को हिमाल आरोहणमा विगत वर्षमा झै मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको हो । पर्यटन विभागका अनुसार यो सिजनमा सगरमाथा (८,८४८.८६ मिटर)सहित २५ आरोही समूहका कूल दुई सय ३७ आरोहीले आरोहण अनुमति लिएका छन् । यसमा सबैभन्दा बढी आरोही मनास्लु आरोहणमा आएका छन् । विभागको पर्वतारोहण शाखाको भदौ १९ गतेसम्मको विवरणमा मनास्लु आरोहणका लागि मात्रै १९ आरोही समूहका एक स