सोमबार जलविद्युत र फाइनान्समा बढ्यो आकर्षण

सोमबार सेयर बजारमा जलविद्युत र फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण बढेको छ।

सम्बन्धित सामग्री

नेप्सेमा उछाल: शिवमको कारोबार उच्च, विकास बैंक र फाइनान्समा आकर्षण

आज बिहिबार शेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक ७४.९३ अंकले बढेर २०३७.६४को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २२७ कम्पनीका ७२ लाख ७४ हजार ७० कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४ सय ९५ रुपैयाँको कारोबार भएको छ। जस मध्ये शिवम् सिमेन्टको सबैभन्दा धेरै ९ करोड ९५ लाख २० हजार ६ सय ३० रुपैयाँको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको ७ करोड ९७ लाख, एशियन लाइफ इन्स्योरेन्सको ५ करोड ९९ लाख, अरुण कब्लीको ५ करोड ८३ लाख बराबरको कारोबार भएको छ ।आज नेपाल फाइनान्स, मैलुंग खोला जलविद्युत कम्पनी, न्यादी हाइड्रो, सिवाईसी नेपाल लघुवित्त , आंधीखोला लघुवित्त, र सुर्योदय वोमी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बरुण हाइड्रोको शेयर मूल्य सर्वाधिक २.६५ प्रतिशतले घटेको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समुह सर्वाधिक ७.३१ प्रतिशतले बढेको छ भने फाइनान्स समुह ६.९८ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक समुह ६.१३ प्रतिशतले बढेको छ ।

४१ अंकले बढ्यो नेप्से सूचक, विकास बैंक र फाइनान्समा लगानीकर्ताको आकर्षण

आज बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज सूचक ४१.३९ अंकले बढेर  १९६२.७१ को बिन्दुमा  पुगेर रोकिएको छ । आज कारोबारमा आएका २२८ कम्पनीका ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता शेयर खरिद बिक्रि बाट १ अर्ब ४३ करोड १४ लाख ६ सय ४१ रुपैयाँको कारोबार भएको छ । जस मध्ये ङादी ग्रुप पावरको सर्वाधिक ५ करोड ४२ लाख, एसियन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख, तथा नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ७० लाखको कारोबार भएको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समुह भन्दा धेरै ६.५६ प्रतिशत बढेको छ भने विकास बैंक समुह ४.४३ प्रतिशत तथा फाइनान्स समुह ४.१४ प्रतिशतले बढेको छ । आज आंधीखोला लघुवित्त, र सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने बरुण हादिरोको शेयर मूल्य ९.४५ प्रतिशत तथा सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.६५ प्रतिशतले बढेको छ । आज मैलुंग खोला जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक १.९१ प्रतिशतले घटेको छ ।