आयुर्वेदिक उपचारमा आकर्षण बढ्दो

कोभिड–१९ महामारीका बीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले ‘साइड इफेक्ट’ पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी वरिष्ठ कविराज निरीक्षक कुशलकृष्ण शर्माले जानकारी दिए । यी औषधिको असर पनि नहुने भएकाले यसको प्रयोगमा आकर्षण बढेको हो ।ग्यास्टिकको समस्याले आजित भएका कावासोती–७ का रवीन्द्

सम्बन्धित सामग्री

आयुर्वेदिक उपचार पद्धतिको आकर्षण

पछिल्लो समय आयुर्वेदिक उपचारको प्रयोग बढ्न थालेको छ। आयुर्वेदिक उपचारमा दुखाइ कम गर्न प्रयोग गरिने रक्तमोक्षण विधि कस्तो उपचार हो ? यो उपचार गरिसकेपछि के के हुन्छन् ? यसको उपचार कसरी गरिन्छ ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि डा. जया सत्यालसँग गरिएको कुराकानीको सम्पादित अंश: पित्त र रगतसँग सम्बन्धित समस्याका कारण हुने […]

आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै

रसुवा – हिमाली जिल्ला रसुवामा पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गराउनेको सङ्ख्या क्रमिकरूपले वृद्धि हुन थालेको छ। प्रभावकारी प्रचारप्रसार एवं जडीबुटी मिश्रण औषधि उपभोगबाट शारीरिक फाइदाको प्रभाव बढ्नुको साथसाथै सःशुल्क तथा निःशुल्क औषधि एकैथलोबाट पाउन थालेपछि स्थानीयवासी आयुर्वेदिक उपचार पद्धतिमा आकर्षित हुन थालेका हुन्। उत्तरी भेगको सदरमुकाम धुञ्चे तथा दक्षिणी भेगका लागि कालिका गापाको […]

बाँकेमा आयुर्वेद उपचारमा आकर्षण बढ्दै

बाँकेमा आयुर्वेदिक उपचार पद्धति र औषधिमा बिरामीको आकर्षण बढेको छ । औषधिले साइड इफेक्ट नगर्ने र उपचार पद्धति पनि सहज भएकाले आकर्षण बढेको हो । धेरै वर्षदेखि एलोपेथिक उपचार पद्धतिमा विश्वास गर्दै आएकी नेपालगन्ज उपमहानगर–६, फुल्टेकाकी सुमित्रा सुवेदीलाई थाइराइड, ग्यास्टिकले सताउन थालेपछि एलोपेथिक औषधिको प्रयोग गरिन् । तर, निको भएन ।

आयुर्वेदिक स्वास्थ्योपचार सेवा लिने बढे

तनहुँमा आयुर्वेदिक स्वास्थ्योपचार सेवाप्रति बिरामीको विश्वास बढ्दै गएको छ। आयुर्वेदिक उपचारमा गुणस्तरीय सेवा थपिएपछि यस उपचारप्रति बिरामीको आकर्षण बढेको हो। आयुर्वेदिक उपचार प्रभावकारी भई बिरामीले लाभ लिन थालेपछि तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामी चाप बढेको छ। रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाइएकाले आयुर्वेद स्वास्थ्यमा उपचारका लागि आउने गरेको बिरामीले बताएका छन्। नसा च्यापिने समस्याबाट धेरै लाभ मिलेको नेपाली कांग्रेस व्यास नगरपालिकाका सभापति सूर्यचन्द्र हड्खलेले बताउनुभयो। २५० रुपियाँ खर्चमै आयुर्वेदिकबाट लाभ मिल्यो, हड्खलेले भन्नुभयो।

आयुर्वेदिक उपचारमा आकर्षण

पछिल्लो समय स्थानीयमा आयुर्वेदिक औषधि र उपचार पद्धतिप्रति आकर्षण बढेको छ । अहिले आयुर्वेदिक उपचार गर्न र औषधि लिन दैनिकजसो २० देखि ३० बिरामी पुग्ने गरेका छन् । दिनमा एक/दुई जना सेवाग्राही आउने कार्यालयमा दैनिक २० जनाभन्दा बढी मानिस सेवा लिन आउने गरेको आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाले जनाएको छ ।

आयुर्वेदिक उपचारमा आकर्षण

काठमाडौँ,२४ असार । धामीझाँक्री र एलोपेथिक औषधिमा निर्भर हुँदै आएका स्थानीयवासी पछिल्लो समय आयुर्वेदिक उपचारमा अकर्षित भएका छन् । नियमित हेल्थपोष्ट जाने बानी परेका बिरामीमा जडीबुटी मिश्रण औषधिले राम्रो लक्षण देखाएपछि सामान्य उपचारका लागि पछिल्लो समय आयुर्वेदिक स्वास्थ्य केन्द्रतर्फ जान थालेका हुन्। आयुर्वेदिक उपचार सेवाका लागि आयुर्वेद विभागले रसुवाको पारच्याङ, भोर्ले, लहरेपौवा, स्याफ्रु तथा धुञ्चेसमेतको […]

आयुर्वेदिक उपचारतर्फ आकर्षण

आयुर्वेदिक उपचार पद्धतितर्फ बिरामीको आकर्षण बढ्दै गएको छ । औषधिको महìव र फाइदा बुझेपछि आयुर्वेदिक उपचार विधितर्फ बिरामीको आकर्षण बढेको हो । बाथले थला पर्दै आउनुभएकी सिमकोट गाउँपालिका–५ की लालकला बोहराले रोग निको भएपछि नियमित रूपमा आयुर्वेद शाखामा धाउन थालेको बताउँदै आधुनिक उपचारबाट निको नभएपछि आयुर्वेदिक उपचारमा लागेको बताउनुभयो । चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवनले आफ्नो बाथ कम भएको बताउँदै अन्यलाई पनि यो उपचार पद्धतिमा लाग्न सुझाव दिनुभयो ।