काठमाडौं : सरकारले विद्यार्थीहरूलाई वितरण गरिने छात्रवृत्ति एकद्वार प्रणालीबाट वितरण गर्ने घोषणा गरेको छ। शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शैक्षिक सुधारका लागि शैक्षिक क्यालेन्डर परिमार्जन गर्ने पनि बताए।उनले विद्यालयमा बाहिर रहेका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने बताए। उनले भने,‘शिक्षालाई गुणस्तरीय बनाइनेछ,सबै बालबालिका विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने कार्यको अभियान सञ्चालन गरिने छ,पढ्दै कमाउँदै कार्यक्रमलाई निरन्तरता दिइने छ