काठमाडौं । कर्णाली प्रदेश सरकारले एक सयभन्दा बढी विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गरेको छ। सरकार आफैले एकिकृत छात्रवृत्ति वितरण कार्यक्रम कार्यविधि स्वीकृत गरेर सुरु गरेको छात्रवृत्ति कार्यक्रम रोकेपछि विद्यार्थीहरूले पढाई रोक्नुपर्ने अवस्था आएको हो। गत आर्थिक वर्षमा शिक्षा विकास निर्देशनालय मार्फत छात्रवृत्तीमा विद्यार्थी पढ्न पठाएको थियो। तर, आफैले कार्यविधि बनाएर सुरु गरेको छात्रावृत्तिकार्यक्रम एक वर्षमै सम्झौताविपरीत […]