चोरिएका २१ वटा दुईपांग्रे खोजेर प्रहरीले दियो सवारीधनीलाई

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २१ वटा सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।महाशाखामा सोमबार एक कार्यक्रम गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले विभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्। खोजि गर्दा एक महिनामा उपत्यकाका विभिन्न स्थानमा ती सवारीसाधन फेला परेको महाशाखा प्रमुख जोशीले बताए।उनले सवारीसाधनमा डिस्क लक, ह्विल लक, सेक्युरिटी