नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार आयोजित एक समारोहका बीच नेपालका अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट दुई सयवटा सवारीसाधन उपहार स्वरुप प्रदान गरेका छन् । यी सवारी साधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि थप व्यवस्थित गर्न सघाउ पुर्याउनेछ ।नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी सवारी साधन चुनावका दौरानमा प्रयोग गरिने छ । […]