असल मान्छे बन्ने तरिका

प्रसङ्ग झण्डै पौने दुई सय वर्ष अघिको हो । अब्राहम लिङ्कनको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । उनी अमेरिकाको सोह्रौँ राष्ट्रपति हुन् । सन् १८०९ मा गरिव परिवारमा जन्मेका लिङ्कन सन् १८६१ देखि १८६५ सम्म अमेरिकाको राष्टपति भएका थिए । उनले राष्ट्रपति भएपछि रक्षामन्त्रीमा आफ्ना कट्टर बिरोधी व्यक्तिलाई नियुक्त गरेका थिए, जसलाई उनका एक हितैषी मित्रले पचाउन सकेनन् र सम्झाउँदै भने–‘के गर्दै हुनुहुन्छ यो ? यी व्यक्ति कस्ता हुन् भन्ने थाहा छैन ? आफ्नै बिरोधी व्यक्तिलाई टिममा राखेर कसरी काम ग