काठमाडौं। कैलालीमा कोरोना भाइरसको संक्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ। धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आज अपराह्न मृत्यु भएको हो। कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो। कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो। एक्कासि स्वास्थ्यमा देखिएको गम्भीर समस्याले उनको निधन भएको श्रीमान् मोतीलालले बताए।