कोरोना संक्रमणबाट संविधानसभा सदस्य ६५ वर्षीया मोहम्मदी सिद्दीकीको उपचारका क्रममा शनिबार साँझ निधन भएको छ ।बाँकेको नेपालगन्ज मेडिकल कलेजको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक ईश्वरी गिरीले जानकारी दिए । गिरीका अनुसार चैत्र २८ गते उनमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा भर्ना भएकी थिइन् ।