प्रवेश पौडेल निर्देशित फिल्म ‘बिहे पास’ अर्को वर्ष अर्थात २०८० मा प्रदर्शन हुने भएको छ । फिल्म नयाँ वर्षको वैशाखमा प्रदर्शनमा ल्याउने तयारी भएको निर्माण युनिटले जनाएको हो । केही दिनमै फिल्मको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गर्ने तयारीमा निर्माण युनिट लागेको हो । फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा छ । दयाहाङ र प्रकृति श्रीमान् श्रीमतीको भूमिकामा छन् । यस अगाडि फिल्म ‘उत्सव’ अभिनय गरेकी प्रकृति ७ वर्षपछि यो फिल्म मार्फत पुनअभिनयमा देखिन लागेकी हुन्