बीपी राजमार्गको सिन्धुली खण्ड बन्द, सडक खुलाउने क्रममा झडप

काठमाण्डाै – जीपकाे ठक्करबाट पैदलयात्रीकाे ज्यान गएकाे विषयलाई लिएर बीपी राजमार्ग अन्तर्गतको सिन्धुली खण्ड चार घण्टादेखि बन्द रहको छ । हिजाे मङ्गलवार राति पिपलभन्ज्याङ–पचभैया सडकमा जीपको ठक्करबाट पैदलयात्री ३९ वर्षका विजय मोक्तानको ज्यान गएको विषयमा स्थानीयवासीले आज बिहानदेखि सडक बन्द गराएका हुन् । स्थानीयवासीले क्षतिपूर्ति र चालकलाई पक्राउ गरेर कारबाहीको माग गरेका छन् । वार्ता सफल नभएपछि प्रहरीले बल प्रयोग गरेर सडक खुलाउने प्रयास गर्दा झडप भएको छ । सडक बन्द हुँदा सयौँ गाडी रोकिएका छन् ।  ...

सम्बन्धित सामग्री

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुल्याे

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुलेको छ। भरतपुर–२९ स्थित १८ किलोमा खसेको पहिरो हटाईएपछि यस सडक खण्ड दुइतर्फी संचालनमा आएको छ।...

नागढुङ्गा–नाैबिसे सडक खण्ड दुईतर्फी नै खुल्यो

काठमाण्डाै - काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गा–नाैबिसे सडक खण्ड दुईतर्फी नै खुलेको छ । बिहान पात्लेवनमा ठूलो ढुङ्गा खस्दा एक लेनमा मात्रै गाडी चलाइएको थियाे । सडकबाट ढुङ्गा हटाएपछि अहिले सडक दुईतर्फी नै खुलेको प्रहरीले जनाएको छ ।   यो सडक खण्ड भएर दैनिक हजारौँ गाडी चल्ने भएकाले सडकमा सामान्य असर पर्दा पनि लामो जाम हुने गरेको छ । नागढुङ्गा–नौबिसे सडक खण्ड खुले पनि नुवाकोटको तीनपिप्ले–पाँचमाने सडक खण्ड भने बन्द नै छ । यो सडक खण्डमा पनि बिहान ढुङ्गा खसेपछि अवरुद्ध भएको हो ।

अवरुद्ध डुम्रे–बेँसीशहर सडक खण्ड सञ्चालनमा

लमजुङ । पृथ्वीराजमार्गअन्तर्गत अवरुद्ध डुम्रे–बेँसीशहर सडक खण्ड सञ्चालनमा आएपछि यहाँको जनजीवन सहज बन्दै छ । विगत दुई दिनदेखि अवरुद्ध सो सडक खण्ड आज बिहानदेखि सञ्चालनमा आएपछि यहाँको जनजीवन सहज बन्दै गएको हो । लमजुङस्थित मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको विद्यार्थीको विषयलाई लिएर तनहुँ बाइसजागर बजारका स्थानीयवासीले टायर बालेर सो सडक खण्ड अवरुद्ध गरेका थिए । […]

कालिगण्डकी करिडोर सडक खण्ड कालोपत्रे हुने

बागलुङ । कालीगण्डकी कोरिडोरको बागलुङ सडक खण्ड कालोपत्रे हुनेभएको छ । कोरिडोरको बागलुङ खण्ड अन्तरगत मालढुङ्गा–बलेवा खण्डको १० किलोमिटर सडक खण्ड कालोपत्रे हुनेभएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो सडक बागलुङ खण्ड अन्तरगतको मालढुङ्गा–टाकुरी–पालुङखोला ३८ किलोमिटर सडक विभागलाई हस्तान्तरण भइसकेको छ । हस्तान्तरण भएको ३८ किलोमिटर सडकमध्ये सुरुमा हस्तान्तरण गरिएको मालढुङ्गादेखि बलेवा विमान […]

देशका विभिन्न पाँच सडक खण्ड अझै बन्द

काठमाण्डाै - दशैँ सुरु हुनै लाग्दा बाढी पहिरोका कारण बन्द भएका देशभरका पाँच सडक खण्ड अझै खुल्न सकेका छैनन् । ठोरी–भण्डारा–मलेखु गल्छी, त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी– रसुवागढी सडक खण्ड  लामो समयदेखि बन्द छ । गएको असार एक गतेदेखि नै बन्द भएको यो सडक खण्डकाे मर्मतको काम भइरहेको इञ्जिनियर सन्तराम पाण्डेले जानकारी दिनुभयो । अबको एक हप्ताभित्रमा यो सडक खण्ड सञ्चालमा आउने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । यस्तै, यो महिना लागेपछि बन्द भएको सुर्खेत–दैलेख म...

डुम्रे–बेसी सहर–चामे बाहेक बन्द रहेका अन्य सडक खण्ड दशैँसम्ममा खुल्ने

काठमाण्डाै - डुम्रे–बेसी सहर–चामे सडक खण्ड बाहेक बन्द रहेका अरु सडक खण्ड दशैँसम्ममा खुल्ने भएका छन् । बाढी, पहिरो लगायत विभिन्न कारणले बन्द भएका सडक खण्ड दशैँसम्ममा खुलिसक्ने सडक विभागले जनाएको हो । लमजुङदेखि मनाङ जाने सडक भने खुलाउन समस्या रहेको विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिनुभयो । लमजुङदेखि मनाङ जाने सडक खण्ड नदीले बगाएकाले यो सडक खण्ड खुलाउन समस्या भएको हो । अन्य सडक भने खुलाउन काम सुरु भइसकेको छ । दशैँमा दुईतर्फी नै सडक खुलाउने गरी काम भइरहेको विभागका उपमहानिर्देशक शिवप्रस...

नागढुङ्गा–नौबिसे सडक खण्ड दुईतर्फी नै खुल्यो

काठमाण्डाै - नागढुङ्गा नौबिसे सडक खण्ड दुईतर्फी नै खुलेको छ । केहीबेर अघिदेखि सडक दुईतर्फी नै खुलेको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण नागढुङ्गा नजिकै चिसापानीमा पहिरो खस्दा बिहान साढे ५ बजेदेखि यो सडक खण्ड बन्द भएको थियो । अहिले यो सडक खण्डमा चापमा गाडी चलिरहेका छन् । हिजो पनि पहिरोका कारण नागढुङ्गा नौबिसे सडक खण्ड बन्द भएको थियो । दिउँसाे १ बजेदेखि बाटो खुलाएर गाडी चलाउन थालिएकोमा बिहान फेरि पहिरो गएको हो ।

बाढी र पहिरोका कारण देशभरका १५ सडक खण्ड अझै बन्द

काठमाण्डाै - बाढी र पहिरोका कारण बन्द भएमा देशभरका १५ सडक खण्ड अझै सञ्चालनमा आउन सकेका छैनन् ।  ६६ वटा सडक खण्ड एकतर्फी  रुपमा सञ्चालन भइरहेका सडक विभागले जनाएको छ ।  काठमाण्डौ–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड अझै सञ्चालमा आउन सकेको छैन । सिन्धुपाल्चोकको लिपिङ पुल भत्किँदा यो सडक खण्ड बन्द भएको थियो । यस्तै ठाउँ/ठाउँमा पहिरो र कटानका कारण डुम्रे–बेसीसहर–चामे सडक खण्ड बन्द भएको छ । गएको असार ३ गतेदेखि बन्द यो सडक खण्ड खुलाउन समस्या भएको सडक विभागले जनाएको...

नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द

काठमाण्डौ - नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ । हिजो बिहान पहिरो पन्छाएर सडक खुलाइए पनि हिजो रातिदेखि फेरि सडक बन्द भएको चितवन प्रहरीले जनाएको छ ।  सडक बन्द हुँदा नारायणगढ–मुग्लिङ सडक खण्ड हुँदै आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् । वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्डमा दिनहुँजसो पहिरो जाने र सडक बन्द हुने भइरहेको छ । यो सडक खण्डमा पर्ने चितवनको सेती दोभानमा पहिरो पन्छाउन समस्या भएको हो । पूर्व र पश्चिमलाई काठमाण्डौसम्म जोड्ने मुख्य यो सडकमा हुँदै दैनिक १० हजारसम्म सा...