काठमाण्डाै - डुम्रे–बेसी सहर–चामे सडक खण्ड बाहेक बन्द रहेका अरु सडक खण्ड दशैँसम्ममा खुल्ने भएका छन् । बाढी, पहिरो लगायत विभिन्न कारणले बन्द भएका सडक खण्ड दशैँसम्ममा खुलिसक्ने सडक विभागले जनाएको हो ।
लमजुङदेखि मनाङ जाने सडक भने खुलाउन समस्या रहेको विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिनुभयो । लमजुङदेखि मनाङ जाने सडक खण्ड नदीले बगाएकाले यो सडक खण्ड खुलाउन समस्या भएको हो ।
अन्य सडक भने खुलाउन काम सुरु भइसकेको छ । दशैँमा दुईतर्फी नै सडक खुलाउने गरी काम भइरहेको विभागका उपमहानिर्देशक शिवप्रस...