नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द

काठमाण्डौ - नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ । हिजो बिहान पहिरो पन्छाएर सडक खुलाइए पनि हिजो रातिदेखि फेरि सडक बन्द भएको चितवन प्रहरीले जनाएको छ ।  सडक बन्द हुँदा नारायणगढ–मुग्लिङ सडक खण्ड हुँदै आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् । वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्डमा दिनहुँजसो पहिरो जाने र सडक बन्द हुने भइरहेको छ । यो सडक खण्डमा पर्ने चितवनको सेती दोभानमा पहिरो पन्छाउन समस्या भएको हो । पूर्व र पश्चिमलाई काठमाण्डौसम्म जोड्ने मुख्य यो सडकमा हुँदै दैनिक १० हजारसम्म सा...