कोशी प्रदेशमा विपक्षी नेपाली कांग्रेस आइतबारको प्रदेशसभा बैठकमा अनुपस्थित हुने भएको छ। कांग्रेस संसदीय दलले प्रदेश सभा बैठक स्थगन गर्न सभामुख अम्बरबहादुर बिष्टसँग माग गरेका थिए । तर, बैठक स्थगित नहुने भएपछि विपक्षी नेपाली कांग्रेस सहभागी नहुने भएको संसदीय दल कोशीका प्रमुख सचेतक गोपाल तामाङले जनाए।