विराटनगर : कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक, २०७९ प्रमाणीकरण गरेका छन्।कोशी प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक २०७९ आज (बुधबार) प्रदेश प्रमुख खापुङले प्रमाणीकरण गरेका हुन्।‘प्रदेश प्रमुख परशुराम खापुङज्यूले कोशी प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक, २०७९ नेपालको संविधानको धारा २०१ को उपधार