काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । बैठकको उद्देश्य बढ्दो कोरोना महामारी र संसदको हिउँदे अधिवेशनबारे छलफल गर्ने भनिएको छ ।कोरोना महामारीको बढ्दो जोखिम नियन्त्रणका क्रममा सरकारले विगतको गल्ती नदोहोर्याओस् भनेर विज्ञहरुले बारम्बार सुझाव दिइरहेका छन् । तर, सरकारले भने विगतकै गल्तीहरु दोहोर्याइरहेको छ । यही बेला आयोजना गरिएको सर्वदलीय छलफलमा विपक्षीहरुले सरकारको ध्यानाकर्षण गराउन जरुरी देखिएको छ ।दोस्रो चरणमा बढ्दै गइरहेको कोरोन