'फर्की फर्की' : नौलो अभ्यास, पुरानै गल्ती

कमजोर पटकथा नेपाली फिल्मको पुरानै समस्या हो । नयाँ निर्देशक, नयाँ कथावाचन शैलीसहित कथा भन्न नेपाली फिल्म क्षेत्रमा त आइपुग्छन् । तर, उनीहरूले दोहोर्‍याउने गल्ती यही हो कि उनीहरु कमजोर पटकथामै नयाँ प्रयोग स्थापित गर्न चाहन्छन् । निर्देशक सुयोग गुरुङले 'फर्की फर्की'को कथा भन्न नयाँ शैली त पक्रेका छन्, तर कमजोर पटकथा क्लिशे संवाद र अपरिपक्व अभिनयले उनको यो प्रयास असफल बनिदिएको छ ।