कोटेश्वर बस्ने चिकित्सक सन्तोष विक्रम भण्डारी शंखरापुर नगरपालिका–७ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पुग्न हरेक बिहान ६ बज्नुअगावै घरबाट निस्कन्छन् । नियमित कामका लागि उनलाई ८ बजेभित्र अस्पताल पुग्नै पर्छ । तर, सडकको दुरवस्थाका कारण सबेरै यात्रा तय गर्दै आएका छन् । ‘सडकको समस्या ७ वर्षदेखि झेल्दै आएको छु,’ उनले भने, ‘१४ वर्षयता अहिले जस्तो सडककै कारण सास्ती कहिल्यै खेप्नु परेको थिएन ।’