आगामी मंसिर ४ मा हुने निर्वाचनमा सवैभन्दा बढी मतदाता प्रदेश १ को मोरङ र कम मतदाता रहेको जिल्ला गण्डकी प्रदेशको मनाङ रहेको छ । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली शुक्रबार प्रकाशन गर्दै ७७ जिल्लामध्ये सबैभन्दा धेरै मतदाता रहेको जिल्ला मोरङमा ७ लाख ३५ हजार ५२५ मतदाता रहेको जनाएको हो भने मनाङमा सवैभन्दा कम ६ हजार ७७९ जना मतदाता रहेका छन् ।मोरङपछि झापामा ६ लाख ६३ हजार ३११ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ काठमाडौमा रहेका छन् । त्यस्तै कम मतदाता हुनेमा मनाङपछि मुस्ताङ १० हजार ९५७ र डोल्पा