निर्वाचन आयोगले २३ लहर समूहका ७७ प्रकारका मतपत्र छपाइ गर्ने भएको छ । आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइ हुने जानकारी दिए । उनका अनुसार सबैभन्दा कम १६ लहरका मतपत्र डोल्पा र सबैभन्दा बढी ६५ लहरका मतपत्र काठमाडौँका हुनेछन् । ‘कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछन्’, प्रवक्ता पौडेलले भने, ‘सबैभन्दा कम १६ लहरको मतपत्र डोल्प