प्रदेशगत आधारमा परिवारमा औसत सदस्य सङ्ख्या गण्डकी प्रदेशमा सबैभन्दा कम पाइएको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार गण्डकी प्रदेशमा औषतमा सबैभन्दा कम ३.६६ जना र मधेश प्रदेशमा सबैभन्दा बढी ५.१५ जना बसोबास गर्ने गरेका छन्। जुन २०६८ सालमा क्रमशः ४.१६ र ५.८० जना रहेको थियो । जिल्ला अनुसार परिवारको आकार सबैभन्दा सानो दोलखामा प्रति परिवार औसत ३.४१ जना र सबैभन्दा धेरै रौतहट, बारा, कपिलवस्तुमा औसत परिवार ५.५० जनाभन्दा बढी रहेका छन् ।