कर्णाली प्रदेशबाट निर्वाचनमा भाग लिने दलको सङ्ख्या अन्य प्रदेशको तुलनामा न्यून देखिएको छ । कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम दलले निर्वाचनमा भाग लिदैछन् । सुर्खेतमा विभिन्न २५ दल र डोल्पामा मान्यता प्राप्त छ सहित ११ दलले प्रतिस्पर्धा गर्ने भएका हुन् । सुर्खेतमा छ राष्ट्रिय मान्यता प्राप्त दल र १९ साना दल गरी २५ दलले निर्वाचनमा भाग लिने भएको निर्वाचन आयोगको प्रदेश कार्यालयले जनाएको छ । राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा