झापामा एमाले छाडेका श्यामसुन्दर ओली राप्रपाबाट मेयरको उम्मेदवार

११ वैशाख, काठमाडौं । झापामा नेकपा एमालेबाट आएका श्याम सुन्दर ओलीलाई राप्रपाले कनकाई नगरपालिकाको मेयरको उम्मेदवार बनाउने भएको छ । आइतबार नै एमाले परित्याग गरी राप्रपामा प्रवेश गरेका ओली मेयरको उम्मेदवार बन्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ओलीलाई आइतबार नै झापामा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा प्रवेश गराएका थिए । ओली कलाकार खुश्बु ओलीका […]

सम्बन्धित सामग्री

जब मतगणना चलिरहेको बेला ओली निवास पुगे बालेन...

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चलिरहेका बेला मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साह एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेको कुरा खुलेको छ ।

दमकका मेयरका उम्मेदवार राम थापा कांग्रेसको बुइ चढेः ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमक नगरपालिकाका लागि मेयर पदका उम्मेदवार राप्रपाका नेता राम थापा नेपाली कांग्रेसको बुइ चढेको बताएका छन्। मंगलबार झापाको दमकमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले थापाले मेयरको टिकट ल्याएपछि कांग्रेसका नेता तथा कार्यकाल जिल्ल परेको बताए। उनले भने, ‘सट्याकसुटुक भएको साँठगाँठबाट राम थापाले मेयरको टिकट […]

पोखराको मेयरको टिकट खोसिएका पौडेल ओलीसँगै देखिए चुनावी सभामा

पोखरा । पोखरा महानगरपालिकाको मेयरको टिकट पाएर पनि केही वर्षअघिको एउटा अपुष्ट सिसिटिभी भिडिओका कारण उम्मेदवार बन्न नपाएका एमालेका नेता दिपक पौडेल चुनावी सभामा मेयरका उम्मेदवार कृष्ण थापासँगै देखिएका छन् । पार्टीभित्रैबाट भिडिओ सार्वजनिक भएकोमा असन्तुष्ट रहेका पौडेल एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी सभाको मन्चमा देखिएका हुन् । अध्यक्ष ओली र उनीबीच एकैछिन मन्चमै […]

‘स्थापितलाई ढाकछोप गर्ने ओली नीतिले एमाले नै प्रश्नको घेरामा’

काठमाडौँ– स्थानीय निकाय निर्वाचनले माहौल तातिरहेका बेला बिहीबार एमालेले काठमाडौँ  महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका केशव स्थापितको सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोले सबैको ध्यान खिचेको छ । भिडियोमा स्थापित एकजना प्रश्नकर्तामाथि जंगिरहेका देखिन्छन् ।  धुम्बाराही काठमाडौँको नेसनल कलेजमा आयोजि...

एमाले परित्याग गरि झापाका श्यामसुन्दर राप्रपामा प्रवेश, बने मेयरको उम्मेदवार

झापाको कन्काइ नगरपालिकामा श्यामसुन्दर ओली राप्रपाबाट मेयरमा उम्मेदवार बन्ने भएका छन् ।  उनी एमाले परित्याग गरि राप्रपा प्रवेश गरेसँगै सो पार्टीले मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज झापामा ओलीलाई राप्रपामा प्रवेश गराएका हुन् । उनी कलाकार खुश्वु ओलीको पिता समेत हुन् ।

स्थानीय तह निर्वाचन २०७९: एमाले छाडेकै दिन राप्रपाबाट मेयरको उम्मेदवार बने ओली

नेकपा एमाले परित्याग गरेर राप्रपा प्रवेश गरेका श्यामसुन्दर ओलीलाई राप्रपालले कन्काइ नगरपालिकाको मेयर बनाउने निर्णय गरेको छ । ओली आइतबार मात्रै एमाले परित्याग गरेर राप्रपा प्रवेश गरेको घोषणा गरेका थिए ।

काठमाडौँमा महागठबन्धन विरुद्द एमालेको ‘केशव क्षेप्यास्त्र’

काठमाडौँ महानगरपालिकामा मेयरको उम्मेदवार कसलाई बनाउने भन्ने औपचारिक टुंगो एमालेले भोली शनिबार लगाउँदैछ । तर, अध्यक्ष केपी ओली काठमाडौँको मेयरमा केशव स्थापितलाई उठाउन सकारात्मक भईसकेका छन् । एमालेले ५ दलिय महागठबन्धनविरुद्द स्थापितलाई काठमाडौँ महानगरपालिकामा मेयरको उम्मेदवारका रुपमा उभ्याउने लगभग निश्चित बनेको छ । हाल बागमती प्रदेशसभाको सदस्य रहेका स्थापित यसअघि २०५४ सालमा पनि काठमाडौँको मेयरमा निर्वाचित भएर सफलताका साथ ५ वर्षे कार्यकाल पूरा गरेका नेता हुन् ।उनै केशव पुनः २५ वर्षपछि काठमाडौँ महानगरको नेतृत्व सम्हाल्ने तयारीमा छन् । काठमाडौँको मेयरका लागि  एमाले काठमाडौँ महानगरनगर कमिटीले वैशाख २ मा ५ जनाको नाम सिफारिस गरिसकेको छ । हालका मेयर विद्यासुन्दर शाक्य, संघीय सांसद रामवीर मानन्धर, प्रदेश सांसद केशव स्थापित, निर्मल देउजा र इन्दिरा पन्तको नाम सिफारिस भएको छ । गठबन्धन विरुद्द एमालेको केशव ‘क्षेप्यास्त्र’झिनो मत भएको माओवादी, एमालेबाट करिब ५ हजार मत लिएर टुक्रिएको माधब नेपालको नेकपा एकिकृत समाजवादी र ४५ हजार बढी मत भएको काँग्रेसबीच काठमाडौँमा गठबन्धन हुँदैछ । त्यसकारण गठबन्धन विरुद्द केशव स्थापित नै ‘वजनदार’ उम्मेदवार भएको स्वीकार गर्दै उनलाई नै टिकट दिने पक्का भएको एमाले स्रोत बताउँछ । २०७४ को निर्वाचनमा पनि स्थापित मेयरको आकांक्षी थिए । तर, त्यतिबेला विद्यासुन्दर शाक्यलाई एमालेले उम्भायो । शाक्यलाई जिताउन केशव स्थापितको पनि उल्लेख्य भूमीका छ । तर, यसपटक पनि प्रमुख दाबेदार भनिएका शाक्यलाई नै दोहोर्याउँदा उनको कार्यकालमा काठमाडौँमा देखिने काम नभएकाले उनलाई आफ्नै मतदाताले नपात्याउने आँकलन गरेर स्थापितलाई उभ्याउने र स्थापित गठबन्धनका लागि ‘क्षेप्यास्त्र’ नै सावित हुने दाबी एमाले स्रोतको छ ।बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्री भइसकेका स्थापित मुख्यमन्त्री डोरमणी पौडेलसँगको विवादका कारण हटाईएका थिए ।  ‘उहाँ जे हो त्यो बोल्नुहुन्छ, कतिपय सवालहरु उहाँले आफ्नै नेताहरुविरुद्द पनि गर्नुहुन्छ, उहाँको यो कमजोरी होइन, जनताका सवाल उठाउँदा कमजोर हुँदैन, उहाँले जहिल्यै काठमाडौँका बासीको कुरा गर्नुहुन्छ’ एमालेका एक शीर्षस्थ नेता भन्छन्, ‘अहिले पनि काठमाडौँ महनगरमा सबैभन्दा बढी मत मात्रै होइन, गठबन्धनका सबैको मत जोड्दा पनि एमाले बलियो छ, उहाँ (केशव स्थापित) उम्मेदार हुँदा त झन अहिले भईरहेको मतमा ३० प्रतिशत जोडिएर आउँछ ।’निडर र आशावादी व्यक्तित्वः रैथाने नेवारकेशव स्थापित भिजन भएका र विकासवादी नेताकै रुपमा चिनिन्छिन् । आफ्नो जति अरुको क्षमता छैन भन्ने स्वभाव हुँदाहुँदै पनि काठमाडौँका जनताले विकासवादी नेताका रुपमा चिनेका व्यक्ति हुन् उनी ।उनले २०५१ सालमै विवाद र आलोचनाकै बीचमा खेलकुद परिषद्को सदस्य सचिव भएर सफलताका साथ काम गरेर देखाएका थिए । २०४९ को स्थानीय चुनावमा उपमेयरमा पराजित भएपनि २०५४ मा मेयर नै जितिदिए । मेयरमा जितेनन् मात्रै, उदाहरणीय काम गरेर सफल मेयरको उपमा पनि पाए ।अहिले माइतीघर मण्डला रहेको ठाउँमा सडक अतिक्रमण गरेर त्यतिबेला बजार बसेको थियो । स्थापिथ आफैँ अघि लागेर त्यो बजार नै भत्काएर रातारात आकर्षक मण्डला खडा गरे ।सडक पूर्वाधारतर्फ कालिमाटी–कुलेश्वर खण्ड विस्तार गरेर चौडा बनाए । कुनैपनि सडकको नामाकरण हुन नसकेको अवस्थामा उनले काठमाडौँका सबैजसो सडकको नामाकरण गरिदिए । आफ्ना पीता बितेको समयमा समेत स्काभेटरसँगै सडकमा बसेर काममा खटिन्थे । त्यसबेला देखिको उनको जोश अहिले पनि उस्तै छ भन्छन् उनलाई नजिकबाट चिन्नेहरु ।विकासप्रेमी एकातिर हुन् भने अर्कोतिर उनी काठमाडौँका रैथाने नेवार समुदायका व्यक्ति हुन् । उनलाई उपत्यका बाहिर पनि धेरैले अतिथि वक्ताका रुपमा लगिरहन्छन् । विकास तत्काल गर्न सकिन्छ भनेर सपना देखाउने, योजना बनाउने, बनाइएका योजना जनतालाई सुनाई हाल्ने, निराशाका कुरा नगर्ने, सबैलाई आशावादी बन्न उत्प्रेरणा दिईरहने, जोखिम मोल्न नडराउने उनको स्वभाव सबैले मन पराउँछन् ।युवा संघको संस्थापक महासचिवपार्टीको भातृ संगठनमा केपी ओली र केशव स्थापित एउटै कमिटीमा थिए भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । अझ, एउटै कमिटीमा मात्रै होइन, दुवै जना कार्यकारी भूमीका थिए । २०४७ सालमा एमालेको तत्कालिन भातृ संगठन ‘प्रजातान्त्रिक राष्ट्रिय युवा संघ’को अध्यक्ष केपी ओली थिए भने केशव स्थापित महासचिव थिए । त्यतिबेला यो संगठन जति शक्तिशाली अरु संगठन थिएनन् । ओली यो संगठनको संस्थापक अध्यक्ष, स्थापित संस्थापक महासचिव ।ओलीपछि स्थापित नै यो संगठनको अध्यक्ष बनेका थिए । स्थापित भन्दा पछि युवा संघको अध्यक्ष भएकाहरु एमालेको पदाधिकारी, स्थायी कमिटी सदस्य र मन्त्री नै भईसके । तर, स्थापित अहिले पनि एमालेको केन्द्रीय सदस्यमा सिमित छन् ।

ओलीलाई केशव स्थापितले सुनाए काठमाडौँ महानगरमा १ लाख २० हजार भोट ल्याउने सुत्र

काठमाडौँ महानगरपालिकामा नेकपा एमाले आफ्नो विगतको विरासत कायम राख्ने योजनामा छ । एमालेबाट महानगरपालिकाको मेयरमा निर्वाचित विद्यासुन्दर शाक्यले ‘रिजल्ट’ राम्रो दिन नसकेपछि अब को पात्र उभ्याउँदा चुनाव जितिन्छ भनेर अध्यक्ष ओली घोत्लिरहेका छन् । मेयर विद्यासुन्दर शाक्यले पुनः आफू उम्मेदवार बन्न चाहेको बताईसकेका छन् । तर, ओली ‘पोजेटिभ’ देखिएका छैनन् । यद्यपी, शाक्यलाई नै पुनः उभ्याउने सम्भावना भने टरिसकेको छैन ।चैतभित्रै उम्मेदवार टुंगो लगाउन स्थापितको अपिलकाठमाडौंमा एमालेबाट मेयरको टिकट दाबी गरिरहेका एमाले नेता केशव स्थापितप्रति काठमाडौँबासीको ‘सेन्टिमेन्ट’ छ । पूर्व मेयरसमेत रहेका स्थापितले टिकटको आशा गरिरहेका छन् । यसै विषयमा ओलीलाई भेटेर उनले निर्वाचन जित्ने हिसाबकिताब सुनाएका छन् ।मंगलबार साँझपख र बुधबार बिहान स्थापितले ओलीलाई भेटे । तर, स्थापितले भने आफूले टिकटको लविङका लागि नभई काठमाडौँ महानगरसहित देशैभरका स्थानीय तहका लागि पार्टीले बनाउने घोषणा पत्रका विषयमा अध्यक्षसँग छलफल गरेको बताएका छन् ।तर, स्रोतले भने अहिले बागमती प्रदेशसभाको सदस्य छोडेर स्थापित काठमाडौँ महानगरपालिकाको मेयर बन्न खुबै लविङ गरिरहेका छन् । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा पनि उनले काठमाडौँकै मेयर बन्न खोजेका थिए । तर, उनले टिकट पाएनन् । टिकट नपाएपछि उनी केही समय निष्क्रिय बसे । नेताहरुले अनुरोध गरेपछि विद्यासुन्दरको घोषणापत्र बनाउने, चुनावी सभाहरुमा भाषण गर्ने गर्न थाले । स्थापितबै बलमा शाक्यले चुनाव जिते ।यसपाली भने शाक्य पार्टीले आफूलाई उभ्याउनेमा अलिक बढी विश्वस्त छन् । त्यसैले पनि उनले चैतभित्रै उम्मेदवार टुंगो लगाउन अध्यक्ष ओलीलाई सुझाव दिएका छन् । चैतभित्रै मेयरको उम्मेदवार टुंगो लगाउँदा १ लाख २० हजार मतसहित चुनाव जित्ने दाबी स्थापितले ओलीसामू गरका छन् ।स्थापितले सुनाएको हिसाबकिताबस्थापितले ओलीलाई काठमाडौँ महानगरमा १ लाख २० हजार मतसहित एमालेका उम्मेदवारलाई जिताउन सकिने योजना सुनाएका छन् । आफूले मेयर जितेको भन्दा २० हजार कम मत ल्याएर विद्यासुन्दर शाक्यले चुनाव जितेको स्मरण गर्दै स्थापितले ओलीसामू जतिसक्दो चाँडो उम्मेदवार तय हुनुपर्ने बताएका छन् । ‘मैले ८४ हजार मत ल्याएर जितेको थिएँ, अहिलेका मेयरले मैलेभन्दा पनि २० हजार कम भोट ल्याएका हुन्’ शाक्यले भनेका छन्, ‘चाँडै उम्मेदवार टुंगो लगाउँदा भोट बढाउन सकिन्छ ।’ गत स्थानीय तह निर्वाचनमा १ लाख ९७ हजार २२७ मत खसेको काठमाडौँ महानगरमा विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत ल्याएर विजयी भएका थिए । ‘काँग्रेसबाट उम्मेदवार बनेका राजुराजले ४५ हजार भोट पाएका हुन् नि, माओवादीले ९ हजार ल्याएको थियो, यी २ वटाको जोड्दा ५४ हजार भयो’, स्थापितले हिसाब गर्दै भने, ‘माधब नेपालको पार्टीले एमालेको १० हजार काट्छ भन्ने अनुमान गर्दा पनि गत स्थानीय निर्वाचनमा हामीले पाएको भोटमध्ये अझै ७४ हजार भोट छ । चाँडै उम्मेदवार टुंगो लगाउँदा यो संख्या १ लाख २० हजारसम्म पुर्याउन सकिन्छ । मतदाता थपिएका पनि छन्, त्यसैले अरु सबैले गठबन्धन गरेर आउँदा पनि एमालेलाई काठमाडौँ महानगरमा चुनाव जित्न गाह्रो छैन ।’स्थापिथले २०५४ सालमा आफूले मेयरमा जित्दा पनि पार्टी फुटेकै अवस्थामा ८४ हजार मत ल्याएको स्मरण गराएका छन् । ‘ल मानौँ एमालेको ७४ हजार भोट छ, त्यो त स्पष्टै हो नि’ उनले भने, ‘अब चाँडै उम्मेदवार टुंगो लगाउँदा के हुन्छ भने उम्मेदवार हरेक वडामा पुगेर बास बसेरै चुनावी अभियान चलाउन सक्छ, एउटा वडामा एक रात बसेरै भोट माग्न सक्ने समय भयो भने अर्को ३० देखि ४० हजार मत थपिन्छ, म उम्मेदवार भएँ भने धेरै चाहिँ भन्दिनँ, १ लाख २० हजार मत ल्याउँछु, यो खुशी मसँग छ भन्या ।’