पार्टी कार्यालयमा दुई दिनसम्म झण्डा आधा झुकाइने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नीको निधन भएकोप्रति पार्टी कार्यालयमा दुई दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय सल्लाहकार समेत रहेकी सीताको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय भएको महासचिव देव गुरुङले बताए। सीताको आज बिहान निधन भएको थियो।

सम्बन्धित सामग्री

नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सोमबार श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । श्रेष्ठलाई कुन मन्त्रालय दिने भन्ने नटुंगिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै आज अपरान्ह शपथ ग्रहण गर्नेछन् ।

नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव गठबन्धन बैठकमा लैजाने निर्णय गरेकाे हाे । सत्ता गठबन्धनको बैठक अहिले केही बेरपछि बस्दै छ । श्रेष्ठलाई कुन मन्त्रालय दिने भन्ने विषयकाे टुंगाे गठबन्धन बैठकपछि हुने माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए । बैठकमा […]

सरकार गठनको विषयमा गठबन्धनमा छलफल गर्ने माओवादीको निर्णय (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले सबै दलहरूसँग सहमति र समझदारीमा अघि बढ्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकपछि महासचिव देव गुरुङ सरकार गठनको विषयमा गठबन्धन दलसँग छलफल गरेर अगाडि बढ्ने प्रष्ट पारे। भोलि गठबन्धनको बैठक बसेर निर्वाचनको समीक्षा गरेर सरकार गठनको विषयमा धारणा बनाउने उनको भनाइ छ। अहिले आफूहरू गठबन्धनमै रहेको कारणले […]

जबरजस्ती एमसीसी टेबल गरे सरकारमा नरहने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकारमा नरहने बताएको छ । संसदीय दलको कार्यालयमा आज बसेको बैठकले एमसीसी परियोजना टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो । आज संसद बैठक बस्दैछ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसी टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो ।

राष्ट्रिय सहमति नजुटी एमसीसी अघि नबढाउने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ ।बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निष्कर्ष पनि निकालेको छ । बैठकपछि माओवादी प्रमुख सचेतक देव गुरुङले सदन सुचारु गर्न बैठकले जोड दिएको र विपक्षीको अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निर्णय भएको बताए ।

जनार्दन शर्मा र पम्फा भुसाललाई  सरकारमा पठाउने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले नेताहरु जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो । उनीहरुको मन्त्रालयबारे भने टुंगो नलागेको माओवादी स्रोतले जनाएको छ । आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ ।