चुनाव बहिष्कारको नारा लाउँदै आयोग पुगेका प्रदर्शनकारी पक्राउ (तस्वीरहरू)

काठमाडौं : चुनाव बहिष्कारको नारासहित निर्वाचन आयोगको कार्यालय अगाडि जुलुस गर्न गएका नेकपा क्रान्तिकारी माओवादी मोहन वैद्यनिकट (जबस) मोर्चाका कार्यकर्ता पक्राउ परेका छन्।प्रदर्शनकारीहरूले भोलि मंसिर ४ गते हुने चुनाव बहिष्कारको माग गर्दै कालो झण्डा देखाएका थिए।कालोझण्डा देखाउने क्रान्तिकारी माओवादीको विद्यार्थी अध्यक्ष हरि कृष्ण गजुरेलसहित  ७ जना कार्यकर्ता पक्राउ परेका छन्।केही तस्वीर झलक :